×

NMB BANK
NIC ASIA

वर्षाले बन्द भएका ग्रामीण सडक सञ्चालनमा ल्याइँदै

असोज १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी– अविरल वर्षाका कारण अवरुद्ध भएका जिल्लाका दर्जनौँ ग्रामीण सडक धमाधम सञ्चालन गरिन थालेका छन् । यहाँका गाउँघरमा दशैँको चहल पहल शुरु भएसँगै बर्षाले बन्द भएका सडक स्थानीय तहको पहलमा अहिले सञ्चालन गरिन थालेका हुन् ।

Muktinath Bank

वषाले अवरुद्ध बनेका सडक सञ्चालनका लागि जिल्लाका ९ वटै स्थानीय तहको पहल कदमी चालिएको शिखर नगरपालिका १का वडाध्यक्ष खडकबहादुर शाहीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकहरु अवरुद्ध भई यातायात बन्द भएपछि यहाँका ग्रामीण क्षेत्रका किसानले गाउँमा उत्पादन गरेका तरकारीलगायत अन्य विभिन्न फलफूल बजारसम्म ल्याउन सकिएको छैन ।


Advertisment
Nabil box
Kumari

बन्द भएका सडक स्थानीय तहको पहलमा सञ्चालन गरिन थालेपछि अहिले यहाँका स्थानीयवासी निकै खुशी भएका केआइसिंह गाउँपालिका– ५ जमलकटियाका चेतराज भट्टले बताए । 

Vianet communication
Laxmi Bank

केही हप्ता अघि परेको लगातारको वर्षापछि पहिरो खस्दा  जिल्लाका विभिन्न स्थानका ग्रामीण सडक अवरुद्ध भई यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायलले जानकारी दिएको थियो ।
यहाँका ग्रामीण सडकमा पहिरो खस्दा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका साधन चल्न बन्द भएका थिए । जसका कारण यात्रु पैदल यात्रा गर्न बाध्य थिए । 

पहिरोका कारण दिपायल सिलगढी नगरपालिका बागनेटीबाट बोगटान फुड्सिल गाउँपालिकासम्म जाने कच्ची मार्गमा लामो समयदेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय सुमन भट्टले बताए । त्यस्तै जिल्लाको मौवा मेल्लेक, सायल, डौड सडक खण्डका विभिन्न ठाउँमा पनि बर्षाले पहिरो खस्दा यातायात चलाउन नमिल्ने भएका शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए । 

दिपायलदेखी गडसेरा जोड्ने सडकमा पनि पहिरो खस्दा उक्त सडकमा लामो समयदेखि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका अन्य विपिनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, बिपीनगर, बागछेडा लगायतका दर्जनौँ सडक पहिरोले गर्दा यातायात बन्द भएका छन् । 

पहिराले गर्दा ग्रामीण सडकमा यातायात लामो समयदेखि बन्द भएको शैलेश्वरी यातायात समितिका जीपचालक मदन विकले बताए । रासस /विमलबहादुर विष्ट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x