×

NMB BANK
NIC ASIA

दशैमा सजिलै पाइएला पेट्रोलियम पदार्थ ? सरकारी बिदामा पनि डिपो खुल्ने

असोज १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

    काठमाडौँ । नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । 

Muktinath Bank

    पेट्रोलियम पदार्थको आयात नियमितरूपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    थानकोट डिपोबाट आज ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।  फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् । 


Advertisment
Nabil box
Kumari

    “निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ”, उनले भने, “पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन ।” दशैँलाई लक्षित गर्दै विगत तीन÷चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

    उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरूपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन । 

सरकारी बिदामा पनि डिपो खुल्ने

    दशैँको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भए पनि डिपो आंशिक खुला राख्ने भएको छ । कुनै पनि पेट्रोल पम्पबाट इन्धनको माग आए तत्कालै ‘लोड’ गर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ । 

    थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । उनीहरूले जुनसुकै बेला पेट्रोल पम्पबाट इन्धनको माग आएमा ‘लोड’ गर्ने प्रमुख उपाध्यायले जानकारी दिनुभयो । निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । 

    त्यसैगरी ५ नं प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । प्रादेशिक कार्यालयबाट बिक्री वितरण गरिने पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध गराउन १० जना कर्मचारीलाई तम्तयारी अवस्थामा खटाइएको निगमले जनाएको छ । 

    यसैगरी १ नं प्रादेशिक कार्यालय विराटनगरले पनि दशैँका बेला इन्धनको अभाव नहोस् भनेर पाँच जना कर्मचारीलाई ‘डियूटी’ मा खटाएको छ । उनीहरूले निगमको आपूर्ति तथा वितरण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा इन्धन ‘लोड’ गर्ने प्रादेशिक प्रमुख इञ्जिनीयर अशोक साहले जानकारी दिए । 


पेट्रोलियम पदार्थको मूल्य यथावत

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत राखेको छ । भारतीय आयल कर्पोरेशनले निगमलाई अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ छ पैसा, डिजेलमा तीन रूपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रूपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रूपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रूपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएको छ । 

    काठमाडाँै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल÷मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x