मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
असोज १८, २०७६
जनकपुरधाम – घटस्थापनाका दिनदेखि अहिले मिथिलाञ्चल क्षेत्रमा राति महिलाहरू अद्भूत नृत्य गरिरहेका छन् ।
७ वटासम्म बलिरहेको आगोसहितको घैंटो टाउकोमा राखेर महिलाहरू समूहमै नृत्य गरिरहेका देखिन्छन् ।
जनकपुरधामको केन्द्रमै रहेको रामानन्द चोकस्थित रामानन्द युवा क्लबले आयोजना गरेको दूर्गापूजाको अवसरमा प्रत्येक दिन त्यहाँ त्यस्तो नृत्य प्रदर्शन गर्ने गरिएको छ । त्यसै गरेर जनकपुरको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरूमा महिलाहरू झिझियाको गीतमा नृत्य गर्दै गरेका दृश्यहरू देखिन्छन् ।
दशैंका बेला महिलाले देखाउने नाच हो- ‘झिझिया’ । यसमा झिझियाको गीत बजिरहेको हुन्छ र महिलाहरूले जोखिमपूर्ण नृत्य गरिरहेका हुन्छन् । महिलाको टाउकोमा ७ वटासम्म घैंटो हुन्छ, जसमा आगोसहितको दियो बलिरहेको हुन्छ । फेरि बलिरहेको दियोको आगोको ज्वाला पनि अधिक हुन्छ । यस्तो जोखिमपूर्ण अवस्थामा घण्टौंसम्म महिलाले नथाकिकनै नृत्य गरिरहेका देखिन्छन् ।
सामान्यत: झिझिया नृत्य गर्न एकदमै गाह्रो हुन्छ । अलिकति पनि त्रुटि भयो भने शरीर नै जल्न सक्ने खतरा हुन्छ । झन् त्यो घैंटो भने घुमेको घुम्यै हुन्छ । घैंटोमा अनेकौं प्वालहरू हुन्छन र त्यो प्वाल कसैले गन्न नसकोस् भन्ने उद्देश्यले घैंटो पनि घुमिरहनुपर्ने हुन्छ । टाउकोमाथि घैंटो, त्यसमाथि दियो बलिरहेको हुन्छ । अन्य युवती, महिलाहरू पनि सँगै नाचिरहेका हुन्छन् ।
घैंटोमा रहेको दियो ननिभोस् भनेर अर्की सहयोगी महिलाले बलिरहेको दियोमा तेल राख्ने गर्छन् र आगोको ज्वालाको प्रकाश झन् बढी हुन थाल्छ । सन्तुलन मिलाउनु भनेको सामान्य कुरा होइन ।
सामान्यत: कुनै पनि मानिसले केही सामान्य कुरा पनि टाउकोमा राखेर नृत्य गर्न कठिन हुन्छ भने ७ वटासम्म आगो बलिरहेको घैंटो टाउकोमा राखेर नृत्य गर्नु भनेको असाधारण क्षमता हो । त्यसमा पनि महिला पेशेवर नर्तकी पनि हुँदैनन् । गाउँघरका सामान्य सर्वसाधारण गृहिणी महिला तथा युवती नाचगान गरिरहेका हुन्छन् ।
झिझिया नृत्यमा अत्यन्तै सन्तुलनको आवश्यकता पर्छ । पेशेवर नर्तकीलाई पनि त्यस्तो किसिमको नृत्य गर्न भनियो भने उसले धेरै पटक सोच्नुपर्ने हुन्छ । तर मिथिलामा यस्तो अद्भूत झिझिया नृत्य गर्न महिलाहरू सफल हुने गर्छन् ।
के हो झिझिया?
मध्यकालदेखि नै मिथिलामा आदिवासी जनजाति महिलाले बोक्सीको प्रभाव तथा प्रकोपलाई निस्तेज पार्नका लागि गाउँगाउँ, टोलटोलमा झिझिया नृत्य गर्ने गर्छन् । अहिले नेपालको कानूनमा बोक्सी भन्ने कुरा नरहेपनि प्राचीनकालमा मिथिलामा बोक्सी, भूतप्रेतको अत्यन्तै प्रकोप हुने मान्यता रहँदै आएको थियो ।
बोक्सीले दूर्गापूजाका अवसरमा बोक्सी सिक्नका लागि तन्त्र, मन्त्र गर्ने, सिद्धि प्राप्त गर्ने र त्यसपछि बोक्सी बनेर समाजमा नकारात्मक प्रभाव पार्ने चलन थियो । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त मैथिली विभाग प्रमुख परमेश्वर कापडी भन्छन्, ‘बोक्सीको प्रभाव आफ्ना परिवार छोराछोरीमाथि नपरोस् भन्ने उद्देश्यले महिलाहरू संगठित भएर गीत गुन्दै, बोक्सीलाई गालीगलौज गर्दै नाच्ने परम्परा झिझिया हो ।’
बलिरहेको घैंटोको दियोको प्रकाश पुगेका ठाउँसम्म बोक्सीको कुप्रभाव नहुने विश्वास महिलामा रहने गरेको कापडी बताउँछन् । ‘कानूनले समाजमा बोक्सी, भूतप्रेत हुँदैन भन्ने मान्यता राखेको भएपनि मिथिला समाजमा विगतदेखि नै तन्त्रमन्त्र सिक्ने र त्यसको प्रभाव रहँदै आएको विश्वास गरिन्छ,’ उनले भने ।
नकारात्मक शक्तिको प्रहारलाई निस्तेज गर्न झिझिया नृत्य परम्परागत रूपमा चल्दै आएको उनी बताउँछन् । उनले भने, ‘जादू, टोना टापर त मिथिलामा सधैंदेखिको कुरा हो । नभए मानिसले मन्त्र किन जप्ने गर्छन् । मन्त्रको प्रभाव त अहिले पनि छ नि ! खास गरेर मन्त्रको उच्चारण गरेर शक्ति र सिद्धि प्राप्त गर्ने काम विशेष रूपले दूर्गापूजाको अवसरमा गर्ने गरिन्छ ।’
भगवतीलाई जगाएर शक्ति प्राप्त गर्ने अवसर भएका बेला तन्त्रमन्त्रको नकारात्मक प्रयोग गर्नेलाई बोक्सी भनिएको उनले बताए । उनका अनुसार बोक्सीको प्रहारबाट बच्नका लागि महिलाहरू झिझिया नाच गरेर जागरण गर्ने परम्परा रहँदै आएको छ ।
‘घैंटोमा रहेको प्वाललाई यदि बोक्सीले गन्न सक्यो भने नृत्य गरिरहेकी महिलाको अनिष्ठ हुन सक्ने समेत विश्वास रहेकाले नृत्य गर्ने बेला महिलाहरू घैंटोलाई पनि नचाइरहेका हुन्छन्,’ मैथिली भाषा रंगमञ्चका वरिष्ठ अभिनेता रामनारायण ठाकुर भन्छन्, ‘मिथिलाभूमि भनेको तन्त्रमन्त्रको पनि भूमि हो । यहाँ दूर्गापूजाका अवसरमा बोक्सीले आफ्नो तन्त्रमन्त्रलाई जगाउने गर्छन् र त्यसको प्रहारबाट बच्न महिला संगठित भएर जागरण गर्ने गरेका हुन्छन् झिझियामा ।’
झिझिया नृत्यले विगतदेखि नै महिलालाई स्वतन्त्रता रहेको देखाउने मैथिली भाषाका गीतकार तथा साहित्यकार अशोक दत्तले बताए । ‘गाउँ समाजको सार्वजनिकस्थलमा आएर संगठित भएर नृत्य गर्न सक्ने, गीत गाउन सक्ने अवस्थासम्म थियो, त्यतिबेलाको समाज पनि महिलाप्रति उदार थियो भन्ने कुरा समेत झिझिया नृत्यबाट बुझ्न सकिन्छ,’ मैथिली भाषाका गीतकार तथा साहित्यकार अशोक दत्तले भने, ‘महिलाको स्वतन्त्रता, उन्मुक्ति त्यतिबेलाको समाजमा पनि मिथिलामा थियो भन्ने कुरा पनि नृत्यबाट बुझ्न सकिन्छ ।’
झिझियामा गाइने लोकगीत मिथिलामा हजारौं वर्षदेखि लोककण्ठमा उच्चारित हुँदै आएको र झिझिया मिथिला सभ्यताको एउटा गौरवपूर्ण संस्कृति रहेको ८२ वर्षीय प्राध्यापक महेन्द्रनारायण मिश्र बताउँछन् । ‘सामान्य घैंटोमा कसैले त्यति प्वाल पार्न सक्दैन, प्वाल पार्यो कि फुट्न सक्छ । तर त्यसरी घैंटोमा प्वाल पार्न सक्नु, दियोसहितको घैंटो टाउकोमा राखेर नृत्य गर्न सक्नु भनेको एक किसिमले चमत्कार नै हो,’ मिश्रले थपे, ‘मेरो गाउँ महोत्तरीको पिपरामा अहिले पनि १४ वटा घैंटो राखेर प्रत्येक दिन झिझिया नाच भइरहेको छ ।’
विगतभन्दा झिझिया नाच विस्तारै लोप हुँदै गएको छ ।
कुम्हार समुदायले झिझियाका लागि विशेष तयारी गरेर झिझरी बनाउने गर्छन् । घटस्थापनादेखि विजयादशमीसम्म कुल भगवती कहाँ घैंटो (झिझरी) लाई राख्ने गरिन्छ । मिथिलामा कुम्हार समुदायले पेशागत र परम्परागत रूपमै माटोको भाँडो बनाउने गर्छन् ।
घटस्थापनादेखि शुरू हुने झिझिया नाच विजयादशमीका दिन सम्पन्न हुन्छ । पोखरीमा लगेर झिझियाका लागि बनाइएको घैंटो (झिझरी) लाई बिसर्जन गर्ने परम्परा रहेको छ ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...