×

NMB BANK
NIC ASIA

कतै तपाईं ट्वाइलेटमा खतरनाक तरिकाले त बसिरहनुभएको छैन ?

असोज १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एक औसत व्यक्तिले पूरा जिन्दगीमा ६ महिनाभन्दा बढी समय ट्वाइलेटमा बिताउने गरेको छ । त्यस अवधिमा उसले लगभग १४५ किलो मल त्याग्छ । अर्थात् एक औसत व्यक्ति हरेक वर्ष आफ्नो शरीरको भारको दुईगुणा बढी मल त्याग गर्छ । 

Sagarmatha Cement
Muktinath Bank

भनेपछि शौचालय मानव जीवनको महत्त्वपूर्ण कुरा हो । तर धेरै मानिसलाई ट्वाइलेटमा सही तरिकाले बस्न आउँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली चिकित्सकहरूको एक टोलीले अफ्रिकाका ग्रामीण क्षेत्रहरूमा काम गरिरहेको थियो । त्यहाँका स्थानीयहरूलाई पाचन र पेटसम्बन्धी समस्या लगभग शून्य रहेको थाहा पाउँदा युरोपेलीहरू छक्क परे । 


Advertisment
Nabil box
Kumari

संसारका अन्य विकासशील देशहरूमा पनि यस्तै स्थिति पाइयो । खानामा अन्तरका कारणले मात्र नभई मानिसहरूले शौचालय उपयोग गर्ने तरिका र मलत्याग गर्दा बसेको पोजिसनमा अन्तरका कारण पनि यसो भएको उनीहरूले पाए । 

Vianet communication
Laxmi Bank

पश्चिमी मुलुकहरूमा मानिस ट्वाइलेट गएपिच्छे ११४ देखि १३० सेकेन्ड बिताउँछन् । त्यसको विपरीत नेपाल जस्ता मुलुकमा मानिसहरू टुसुक्क बसेर मल त्याग गर्छन् र जम्मा ५१ मिनटमा शौच सिध्याउँछन् । 

विकासशील देशहरूको शौचालयको डिजाइन नै टुसुक्क बस्ने गरी बनाइएको हुन्छ । विशेषज्ञहरूका अनुसार, यसरी बसेर शौच गर्नु नै राम्रो तरिका हो । 

हामीहरू ट्वाइलेट सीटमा बस्दा हाम्रो गुदाद्वार ९० डिग्रीको कोणमा हुन्छ । त्यसैले गर्दा हाम्रो मांसपेशी खिचिन्छ । ट्वाइलेट बस्दा तनाव अनुभव गरिने कारण पनि यही हो । 

तनावका कारण धेरै मानिसलाई बवासिर, बेहोशी र मिर्गी जस्ता समस्या पनि आइलाग्छन् । 

सामान्य ट्वाइलेट सबभन्दा पहिले लगभग ६ हजार वर्षपहिले मेसोपोटामियामा थियो । 

सन् ३१५ सम्म रोममा १४४ सार्वजनिक शौचालय थिए र बाथरूम जानु सामाजिक चलन जस्तो बनेको थियो । 

फ्लशयुक्त ट्वाइलेट सन् १५९२ मा बेलायतमा जोन ह्यारिङटनले बनाएका थिए । उनले यसलाई दी एज्याक्स नाम दिएका थिए । 

त्यसपछि सन् १८८० मा टमस क्य्रापरले यू–बेन्डको आविष्कार गरे र त्यसै आविष्कारसँगै धेरै कुरा बदलियो । 

यू–बेन्ड ट्वाइलेटमुनिबाट सीधा मल निकाल्थ्यो र त्यसबाट दुर्गन्ध पनि आउँदैनथियो । 

त्यसैगरी पश्चिमी शैलीको ट्वाइलेट युरोपेली सभ्यताको प्रतीक बन्यो तर त्यससँगै समस्या पनि आए ।

धेरै मानिस ट्वाइलेट सीटमा रिसाएर दाँत कटकट्याएको जस्तो जसरी बस्छन् र यति जोर लगाउँछन् कि नसा नै सुन्निन्छ र मुटुको ढुकढुकी बढ्छ । 

कब्जियत, अपच र पेटसम्बन्धी अन्य समस्याका कारण पनि यस्तो स्थिति आउँछ । तर केही विशेषज्ञहरू युरोपेली शैलीको ट्वाइलेटका कारण यस्ता समस्या आउने बताउँछन् । 

सन् १९६० को मध्यमा कोर्नेल विश्वविद्यालयका प्राध्यापक एलेक्जेन्डर किराले युरोपेली शैलीका शौचालयहरूलाई सबैभन्दा खराब डिजाइनयुक्त वस्तु भनी संज्ञा दिए । 

प्रसिद्ध अमेरिकी कलाकार एल्भिस प्रेस्लीले शौचालय बढी कन्ने गरेकाले हृदयघातका कारण भएको मृत्यु भएको उनको चिकित्सकले बताए । 

यो समस्याको सजिलो समाधान छ । तपाईं युरोपेली शैलीको ट्वाइलेटमा बस्नुहुन्छ भने घुँडाहरूलाई ९० डिग्रीको साटो ३५ डिग्रीमा मोड्ने गर्नुस् । यसले गर्दा पेट र गुदामा कम जोड पर्छ र स्वास्थ्य समस्या आउन पाउँदैन । 

त्यसका लागि तपाईंले ट्वाइलेटमा सानो पाउदान राख्न सक्नुहुन्छ र त्यसमा गोडा राख्न सक्नुहुन्छ । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x