महरालाई सभामुख निवासबाट रातो रंगको निजी कारमा बाहिर निकालियो

असोज १९, २०७६

काठमाडौंयौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले सभामुखको सरकारी निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ ।

काठमाडौं जिल्ला अदालतको स्वीकृतिपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई आइतवार नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

उनलाई एउटा निजी कारमा बाहिर निकालिएको छ । महराले प्रहरीको गाडीमा जान नमान्दा बाहिर निकाल्न केही ढिलाइ भएको थियो ।

महरामाथि संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।

ती महिलाले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार