जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं – नर्वेकी एक किशोरीले आफ्नो घोडालाई बाध्यतावश मार्नुपरेको र मारेपछि त्यसको मासु खाएको दाबी गरेपछि ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको छ । आफूले खाएको मासुमध्ये सबभन्दा स्वादिष्ट त्यही भएको उनले दाबी गरेकी थिइन् ।
१८ वर्षीया पिया ओल्डेनले शुक्रवार फेसबूकमा पोस्ट गर्दै पालेको घोडाा ड्रिफ्टिङ स्पीडलाई सन् २०१८ मा बिरामी भएपछि मार्नुपरेको र त्यसको मासु आमाबुवाले फ्रिजमा राखेको बताइन् ।
ओल्डेन खाना पकाउने शेफकी सहायक हुन् र घोडचढी पनि हुन् । उनले खुर्सानी र आँपसहित घोडाको मासुको तयार पारेकी थिइन् । उनले लेखिन्, ‘मैले घोडाको मासु खाने हो आफ्नै घोडाको खान्छु ।’
ओल्डेनको परिवार कृषक हो र उनीहरू मध्य नर्वेको ट्रोनडेलागमा बस्छन् । उनको पोस्ट पढेका मानिस क्रुद्ध भएर उनलाई ज्यान मार्ने धम्की दिइरहेका छन् ।
उनले दाग्ब्लादेत पत्रिकासँग कुरा गर्दै भनिन्, ‘घोडा खाएकोमा म पनि मारिनुपर्छ भनी धेरैले लेखे । घोडा आएर मैले जनावर पाल्ने अधिकार गुमाएँ भनेर पनि एकजनाले लेखे । तर घोडालाई गाडेर कीरालाई खुवाउनु ठीक नभएको मलाई लाग्यो ।’
आफू फार्ममा हुर्केकाले जनावरहरूसँग यथार्थवादी सम्बन्ध रहेको र आफूलाई आलोचना गर्नेहरूभन्दा फरक रूपमा मासुलाई बुझ्ने गरेको उनको भनाइ छ ।
उनको फेसबूक पोस्ट एउटा ह्युमर पेजमा शेयर गरिएपछि हजारौं किसिमका प्रतिक्रिया आएका थिए । त्यसले ओल्डेनले आफ्नो पोस्ट डिलिट गरेकी थिइन् ।
एजेन्सी
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...