मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – तपाईं यो समाचार ल्यापटप वा मोबाइलमा पढिरहनुभएको छ भने यस वर्षको रसायनशास्त्रतर्फका नोबेल पुरस्कार विजेताहरूलाई धन्यवाद दिनुस् ।
यी तीन वैज्ञानिकले लिथियम–आयन ब्याट्रीको खोजका लागि नोबेल पुरस्कार पाएका हुन् । उक्त ब्याट्रीको उपयोग मोबाइल र ल्यापटपमा गरिन्छ ।
अचम्मको कुरा त, यी तीनमध्ये एक वैज्ञानिकको उमेर ९७ वर्ष पुगिसकेको छ । पहिलोपटक यति वृद्ध वैज्ञानिकले नोबेल पुरस्कार पाएका हुन् ।
जोन गूडइनफले ९७ वर्षमा नोबेल पाएका हुन् । यसअघि ९६ वर्षको उमेरमा आर्थर आस्किनले नोबेल पुरस्कार पाएका थिए । आर्थरलाई पोहोर साल भौतिकशास्त्रमा नोबेल पुरस्कार दिइएको थियो ।
गूडइनफ रसायनशास्त्रका साथै भौतिकशास्त्रमा पनि काम गर्छन् । ९७ वर्षमा पनि उनी सक्रिय छन् ।
जर्मनीमा जन्मिएका गूडइनफ अमेरिकाको टेक्सस विश्वविद्यालयमा प्राध्यापक छन् । उनीसँगै नोबेल पुरस्कार पाउने ७७ वर्षीय स्ट्यान्ली ह्विट्टिंघम बेलायती–अमेरिकी वैज्ञानिक हुन् । उनी अहिले न्युयोर्क स्टेट विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन् । तेस्रा वैज्ञानिक अकिरा योशिना ७१ व्र्षका भए र उनी जापानको मेइजो विश्वविद्यालयमा आबद्ध छन् ।
लिथियम ब्याट्रीको खोजले करोडौं मानिसको दैनिक जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । मोबाइल फोन, पेसमेकर, विद्युतीय कार जस्ता कुरा उपयोग गर्ने व्यक्तिको जीवनमा यी वैज्ञानिकहरूको खोजले असर पारेको छ ।
ग्लोबल वार्मिङको संकट सामना गरिरहेको विश्वका लागि राहत पुग्नेगरी यी तीन वैज्ञानिकहरूले नवीकरणीय ऊर्जाका स्रोतहरूमा काम गरेका छन् ।
एजेन्सी
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...