×

NMB BANK
NIC ASIA

सरकारलाई बाबुरामको सुझाव– 'चीनबाट रेल ल्याउन ऋणजालमा नफसौं'

असोज २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं  समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रेल बनाउँदा नेपाल ऋणजालमा नफस्ने गरी अघि बढ्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूबीच भएको बैठकमा नेपालले अनुदान र ऋणको सन्तुलन मिलाउनुपर्ने सुझाव दिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक सकिएपछि भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा आफूले दिएका सुझावहरू उल्लेख गरेका छन् । आफ्ना सुझावमा डाक्टर भट्टराईले नेपालले बीआरआई र इन्डोप्यासिफिक दुवैबाट लाभ लिने गरी अघि बढ्नुपर्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

'महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागेअनुसार यस्तो सुझाव दिइयो,' भट्टराईले ट्वीट गरेका छन्, 'मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरका रूपमा लिने, तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद/तटस्थताको नीति लिने, बीआरआई र इन्डोप्यासिफिक रणनीति दुवैबाट लाभ लिने ।'

Vianet communication
Laxmi Bank

भट्टराईले नेपाललाई चीन र भारतबीच आर्थिक सेतुका रूपमा विकास गर्नुपर्ने, चीनसँग रेल, सडक जोड्नमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोशी कोरिडोरलाई प्राथमिकता दिने, ऋण अनुदान भन्दा बढी औद्योगित लगानी, व्यापार र पर्यटनमा जोड दिने जस्ता कामहरू सरकारले गर्नुपर्ने बताए ।

डाक्टर भट्टराईले चीनसँग तत्काल सुपुर्दगी सन्धि गर्न नहुने धारणा राखेका छन् । उनले यसअघि भारत र चीनबीच भएको लिपुलेक सम्झौता सच्याउनुपर्ने र त्यसमा नेपालको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव सरकारलाई दिए । त्यसबाहेक नेपाल–चीन मैत्री सन्धी अद्यावधिक गर्ने चीनको प्रस्तावलाई दुवै देशको हितमा संशोधन गर्नुपर्ने भट्टराईको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x