स्की लिफ्टको तारमा गएर अड्कियो विमान (भिडियो)

असोज २३, २०७६

काठमाडौं – इटालीमा पर्ने आल्प्स पर्वतमा एउटा विमान स्की लिफ्टको तारमा गएर अड्किएपछि त्यसमा सवार पाइलट र यात्रु चमत्कारपूर्ण रूपमा बाँचेका छन् । 

नाटकीय तस्वीरहरूमा हलुका विमान ओभरहेड केबलहरूमा गएर अड्किएको र तुर्लुंग झुण्डिएको देखिन्छ । 


ADVERTISEMENT

६२ वर्षीय पाइलट विमानबाट हुत्तिएर पखेटामा पछारिएका थिए । घटना इटलीको उत्तरतर्फ रहेको लोम्बार्डीमा भएको हो । 

उनलाई गम्भीर चोटपटक लागेन र नजिकैको एक अस्पताल लगिएको छ । 

भारेसका ५५ वर्षीय पर्यटक विमानका यात्रु थिए र उनलाई कुनै चोटपटक लागेको छैन । 

उनीहरूलाई उद्धार गर्न २० जना सैनिक, अग्निनियन्त्रक र गुफा तथा पहाडका उद्धारकहरूले ९० मिनटको उद्धार कारवाही गर्नुपरेको थियो । 

दुर्घटना आइतवार मध्यदिनमा भएको थियो । 

राष्ट्रिय गुफा तथा पहाड उद्धार इकाइका एक प्रवक्ता पाल्टन मिलानले ती दुईजना बाँच्नु आफैंमा एक चमत्कार भएको बताए । 

एजेन्सी
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस