ओमानविरुद्ध नेपाल ६४ रनमै अलआउट

फाइल तस्वीर
असोज २३, २०७६

काठमाडौं- ओमानविरुद्वको टी–ट्वान्टी सिरिजमा नेपाली क्रिकेट टोली सस्तैमा समेटिएको छ । 

पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानविरुद्व पहिले ब्याटिङ गरेको नेपाली टोली ११ ओभर खेल्दै ६४ रनमै अलआउट भयो । यससँगै नेपालले ओमानलाई जीतका लागि ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  


ADVERTISEMENT

नेपालका लागि सर्वाधिक आरिफ शेखले २० तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाउनुबाहेक अन्य ब्याट्स्‌म्यानले दोहोरो अंक जोड्न सकेनन् । 

नेपालले ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्कालाई सस्तैमा गुमायो ।  कप्तान पारस खड्का ५ रन बनाउँदै पेभेलियन फर्के भने ईशान पाण्डेले २ रन बनाए ।  

ओमानका लागि आमिर कलिमले ५ विकेट लिए । 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस