×

NMB BANK
NIC ASIA

झिनो अंकले घट्यो नेप्से

असोज २३, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं- दशैंको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ बिन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.०४ बिन्दुले घटेर २५१.९३ बिन्दुमा पुगेको छ । 

Muktinath Bank

स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर छ करोड ३८ लाख ४५ हजार ४११ मूल्यमा खरीद बिक्री भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये बिहीवार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ बिन्दुले घटेका छन् । स्टकका अनुसार कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको दुई करोड ५५ लाख पाँच हजार ४२६, सिदार्थ बैंक ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक ३४ लाख ५८ हजार, सनराइज बैंक १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । 

Vianet communication
Laxmi Bank

यस्तै गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए । त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x