उपेन्द्र यादव भन्छन- समाजवादी पार्टीसँग एकीकरण गर्नु बाहेक राजपासँग विकल्प छैन

फाइल तश्वीर
असोज २३, २०७६

सप्तरी- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन ।

सप्तरीको राजविराजमा बिहीवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताएका हुन् ।


ADVERTISEMENT

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै यादवले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पुर्‍याउन राजपालाई आह्वान गरे ।

संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत यादवले आग्रह गरे । 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस