×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ राष्ट्रपति शी शीतल निवासमा

असोज २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार साँझ काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति शी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीसँगको भेटका लागि शीतल निवास पुगेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विमानस्थलबाट सिधै होटल सोल्टी पुगेका शी त्यहाँ केहीबेर आराम गरेर राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारी र शीबीच करीब आधा घण्टा भेटवार्ता हुने तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपटि शी पुन: होटल सोल्टी फर्किने छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आजै आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । दुवैले भेटका लागि ७–७ सात मिनेटको समय पाएका छन् ।

Vianet communication
Laxmi Bank

त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनेछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् ।

रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ ।

राष्ट्रपति शीले भोलि बिहान नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता हुनेछ । दुवै भेट २० मिनेटको हुने परराष्ट्र स्रोतले बतायो ।

प्रधामनन्त्रीसँगको भेटपछि नेकपा सचिवालयका सदस्यहरूसँग राष्ट्रपति शीको भेटवार्ता हुनेछ । भेटपछि राष्ट्रपति शीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारबीच केही सहमतिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीको समय अभावका कारण सम्झौता पत्रमा पहिल्यै हस्ताक्षर भइसकेको हुनेछ । सम्झौतापत्र हस्तान्तरण कार्यक्रम सकिएपछि दिवाभोज गरेर राष्ट्रपति शी दिउँसो १२:५० मा स्वदेश फर्किने कार्यक्रम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x