×

NMB BANK
NIC ASIA

एयर चाइनाको त्यो जहाज, जसले मिडिया अल्मल्यायो...

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष विमान अपराह्न करिब ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना थियो ।

Muktinath Bank

त्यसको डेढ घन्टाअघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडान ठप्प पारिएको थियो । पोखराबाट आएको यती एयरलाइन्सको वाइटी ६७८ विमान अपराह्न २:१५ मा अवतरण गरेपछि अरू विमानलाई काठमाडौंतर्फ आउन रोकिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, सबैभन्दा पछिल्लो उडानका रूपमा ३:०३ मा इन्डिगो एयरलाइन्सको जहाज दिल्लीतर्फ उडेपछि नेपाली आकाश खाली गरिएको थियो । त्यसपछि राष्ट्रपति सीको स्वागतका लागि सडक र विमानस्थलमा उभिएका सर्वसाधारण तथा विशिष्ट व्यक्तिले आकाशतर्फ आँखा नचाइरहेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, मिडियाकर्मीले फ्लाइट ट्र्याकर वेबसाइट नियालिरहेका थिए । करिब ४:०० बजे दक्षिण भारतीय सीमा हुँदै एयर चाइनाको विमान नेपाली आकाशतर्फ प्रवेश गर्‍यो । सो विमान ठीक ४:१५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको मिनेटभित्रै विभिन्न अनलाइनमा समाचार आयो– चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा अवतरण । जब कि, विमानस्थलभित्रै उपस्थित पत्रकारलाई भने सो विमानमा राष्ट्रपति सी नभएको जानकारी आइसकेको थियो । 

Vianet communication
Laxmi Bank

चेन्नईबाट आएको जहाज काठमाडौंमा अवतरण गरेकाले सो जहाजमा राष्ट्रपति नै भएको आमबुझाइका आधारमा समाचार बने । तर, बी–२४८२ कलसाइनको विमान अवतरण गरेको आधा घन्टा नाघ्दा पनि राष्ट्रपति झुल्किएनन् । त्यसैले ट्र्याकिङ वेबसाइटमा अर्को जहाजको खोजी हुन थाल्यो ।

साइटमा कतै पनि जहाज देखिएको थिएन । ४ः४५ मा एयर चाइनाको दोस्रो जहाज अवतरण गर्‍यो । बी–२४७९ विमान अवतरण गरेपछि धेरैले विश्लेषण गरे– राष्ट्रपतिको जहाजले राडारलाई संकेत नपठाई अनौठो अवतरण गर्‍यो ।

तर, विज्ञहरूका अनुसार राडारमा संकेत नपठाई उडान र अवतरण गर्न सम्भवै छैन । विमानस्थलको आधिकारिक राडारसँग दुवै जहाज सम्पर्कमा थिए र नियमित संवाद भइरहेको थियो । ‘दुईवटा जहाज आउने भनेर हामीलाई पूर्वजानकारी आएको थियो, उडानको प्राविधिक पद्धतिअनुसार हामी सम्पर्कमा थियौँ । हाम्रो सम्पर्कमै रहेर दुवै जहाज आएका हुन् । संकेत र सम्पर्कविना कुनै पनि जहाज उडान र अवतरण गर्न सम्भव छैन,’ विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने ।

बरु फ्लाइट ट्र्याक गर्ने निजी वेबसाइटमा भिभिआइपी उडानको जानकारी सुरक्षा संवेदनशीलताका कारण नआउन सक्छ । ‘कुनै पनि जहाजले आफ्नो उडानको जानकारी निजी वेबसाइटलाई नदिन सक्छन् । त्यसैले त्यस्ता साइटमा उडान नदेखिन सक्छ । तर, विमानस्थलको राडारलाई पनि सूचना नदिने भन्ने सम्भव छैन,’ विमानस्थलका अर्का एक अधिकारीले भने । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x