×

NMB BANK
NIC ASIA

धानखेतीमा फौजी किराको प्रकोप

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके –धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन् ।

Muktinath Bank

धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञान केन्द्रका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकfको वडा नं. ४, ५ र ६ मा तथा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १९ मा फौजी किराले धान काटेर नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए। बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी किराको प्रकोप फैलिन थालेको ज्ञान केन्द्रले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको ज्ञान केन्द्रले जनाएको छ । हाललाई केन्द्रसँग भएको रु ५० हजार बजेटलाई बाँकेको लागि रु ३० हजारको विषादी खरीद गरी प्रभावित क्षेत्रमा छर्कन पठाइसकिएको र बाँकी रकम बर्दिया क्षेत्रमा नियन्त्रणका लागि खर्च गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

Vianet communication
Laxmi Bank

पाकिसकेका धानको बाला फौजी किराले काटेर भूइँमा खसाउँदा क्षति पुगेको छ । डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले भने, 'प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरुलाई विषादी सहयोग गरिरहेका छौँ । किराको प्रकोप उच्च देखिएको छ । अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन । कतिपय किसानले धान काटेरै फालेका छन् । हामीले किरा नियन्त्रणका लागि सबै विकल्प प्रयोग गरिरहेका छौँ ।'

डुडुवा गाउँपालिका–३ का रामदिन यादवले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए। यस वर्ष लगाएको धान बालीमा ठूलो क्षति पुगेको उनले बताए। 'औषधि छर्दा पनि किरा मरेका छैनन् । धानको बाला जति भुइँमा झरेको छ', उनले भने,'दिउँसो हेर्दा धान ठीकै हुन्छ । रातभरिमा धानको बाला जति भुइँमा झरिसकेको हुन्छ ।'

फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ । फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषिविज्ञ ‘आर्मी वर्म’ नाम दिएका हुन् । नेपालीमा फौजी किरा भन्ने गरिएको हो । किराले खानेभन्दा बढी काट्ने हुँदा खेतैभरि धान खसेको देखिन्छ । किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन् ।

धानखेतीमा पाँच दिनदेखि फौजी किराले नोक्सान गर्दै आएको हो । शुरूमा थोरै धान खेतीमा देखापरेको किरा पाँच दिनमै फैलिएर ३०० बढी हेक्टर जमीनमा लगाएको धानखेतीमा नोक्सान पु¥याइसकेको स्थानीय किसानको गुनासो छ । डुडुवा–६ कालाबन्जरका किसान रतिराम कुम्हारले ४० कट्ठा जमीनमा लगाएको राधा–४ धान फौजी किराले काटेर नोक्सान पुर्‍याएको बताए। 

उनले भने, 'यस वर्ष धान निकै राम्रो भएको थियो, एक कट्ठामा साढे दुई क्विन्टल धान फल्ने अनुमान गरेको थिए, तर काट्ने बेलाको धान फौजी किराले सखाप पारेपछि उत्पादन शून्य हुने भयो ।' अर्का किसान अफिद अलीले पनि ४० कट्ठा जमीनमा लगाएको धान नष्ट भएको बताए। उहाँले एक कट्ठामा लगाएको धानखेतीबाट पाँच किलो धान घरमा भित्रिने अवस्था नरहेको गुनासो गरे। 

फौजी किराले अत्यन्तै छिटो नोक्सान पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए। उनले फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विषादी वितरणसँगै किसानलाई रोकथामका उपायबारे जानकारी दिइरहेको बताए। 

फौजी किरा मार्न एनपिभी नामक भाइरस आवश्यक पर्छ । भाइरस उत्पादनका लागि त्यही किरा पाल्नुपर्ने र भाइरस सारेर किरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषि विज्ञको भनाइ छ । फौजी किराको सङ्क्रमण देखिएपछि कृषि प्राविधिकले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन् । पानीमा उक्त विषादी मिसाएर छरे फौजी किराको प्रकोप नियन्त्रणमा आउने उनीहरुको सुझाव छ ।

प्रदेशसभा सदस्य चिन्तित

बाँके क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित भएका ५ नम्बर प्रदेश सांसद इन्द्रप्रसाद (आइपी) खरेलले लगाएको धान बाली पसाएको छैन । उनले लगाएको गरिमा जात भनिएकोे धान हालसम्म पनि नपसाउँदा चिन्तित बनेका छन् । गरिमा जातको धानको बीउ आफैंले खरीद गरेर खेती गरेका सांसद खरेललाई १२५ दिनमा पाक्छ भनेर व्यापारीले विक्री गरेका थिए । 

अहिले १५० दिनभन्दा पनि बढी समय पुग्दा पनि धान पसाएको छैन । धान नपसाउँदा अर्को बाली लगाउन ढिला हुने चिन्ताले सांसद खरेललाई निकै सताएको छ । शुक्रबार कृषि ज्ञान केन्द्रमा आफ्नो धान नपसाएको र व्यापारीले झुक्याएर गरिमा भनेर अरू कुनै जातको धान दिएको भन्दै सासंद खरेल गुनासो गर्न पुगेका थिए । 

छिमेकीले अघिल्लो वर्ष गरिमा जातको धान लगाएर राम्रो उत्पादन गरेको देखेका प्रदेश सांसद खरेलले यस वर्ष आफ्नो खेतमा सोही जात भनेर लगाएका थिए । गतवर्ष प्रदेश सांसद खरेलले आफ्नो खेतमा १० क्विन्टल धान उत्पादन गरी बिक्री गरेका थिए । यस वर्ष भने धानको उत्पादन शून्य हुँदा उनी निकै छट्पटाएका छन् । 

भारतबाट आउने धान गरिमा जात नेपालमा सूचीकृत छ । खरेलले नेपालमा सूचीकृत भएको भनेर लगाएको तर ठूलो धोका खाएको बताए। खरेलले लगाएको धानबाली कृषि ज्ञान केन्द्रको प्रावधिक टोली पुगेर हेर्दा उक्त धान गरिमा जातको नभएको हुनसक्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले यो कुनै अरु नै जात हुनुपर्ने र यसको ल्याब परीक्षणपछि मात्र कुन जात हो भनेर पत्ता लगाउन सकिने बताए।

बाँके र बर्दियामा अरू किसानले गरिमा जात भनेर लगाएको धानमा पनि यस्तै समस्या देखापरेको छ । बाँकेमा करीब ५० बिघा क्षेफलमा धानखेती गरिएको छ भने बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा ८० विगाहा र ठाकुरबाबा नगरपालिका क्षेत्रमा ४० बिघा क्षेत्रमा किसानले लगाएको धान पसाएको छैन । 

ज्ञान केन्द्र प्रमुख ढकालले एक जातको बीउलाई अर्को जात भनेर बिक्री गर्ने कम्पनी तथा व्यापारीलाई कारवाही गरिने बताए। ज्ञान केन्द्रले तत्काल एक हप्तासम्म उक्त धान नकाट्न किसानलाई आग्रह गरेको छ । एक हप्तासम्म कुनै धान पसाउने सङ्केत नदेखिएमा काटेर अरु बाली लगाउन ज्ञान केन्द्रले किसानलाई सुझाव दिएको छ । काशीराम शर्म, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x