कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो ।
नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उहाँको मुद्रा खुसी देखिन्थ्यो । आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उहाँ केही बेर टक्क अडिनु भयो ।
नृत्य अवलोकनका समय उहाँको मुहारमा मन्द मुस्कान झल्किएको भयो । उहाँका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए ।
त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उहाँको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उहाँले केही बेर भलाकुसारीसमेत गर्नुभयो । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गर्नुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उहाँले बालबालिकालाई धन्यवाद फर्काउनुभएको थियो ।
विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उहाँको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिनुभएको राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिनुभयो ।
एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिनुभयो । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रीभोजका क्रममा उहाँले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिनुभएको छ ।
त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उहाँलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो ।
सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए । आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गर्नुभएको थियो । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गर्नुभएको थियो ।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो । भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उहाँलाई सडकमै बसेर स्वागत गरेका थिए । उहाँको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो ।
शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २ ः४४ मा स्वदेश फर्कनुभयो । उहाँको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो । ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गर्नुभएको थियो ।
भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ । यसअघि उहाँले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको थियो भने अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गर्नुभएको थियो । शनिबार साँझ उहाँले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो । नारायण ढुंगाना/रासस
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...