×

NMB BANK
NIC ASIA

सी भ्रमण : ९०० मेगावाटका दुई आयोजनामा हस्ताक्षर

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अवसर पारेर नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीन सरकारको स्वामित्व रहेको पावर चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Muktinath Bank

७५६ मेगावाटको तमोर र १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग समझदारी भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा आइतबार आयोजित कार्यक्रमबीच एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाको तर्फबाट पाद देनयुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सार्वजनिक निजी साझेदारीमा दुवै आयोजना निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको पोखरेलले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार दुवै आयोजनाको अध्ययन २ वर्षभित्र सकेर निर्माणमा जाने समझदारी छ । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा सचिव दीनेश घिमिरे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी पनि उपस्थित थिए ।

Vianet communication
Laxmi Bank

बोर्डले ७ सय ५६ मेगावाटको तमोर निर्माणका लागि एचआईडीसीएल र पावर चाइनाको संयुक्त उपक्रम (जेभी) लाई अनुमति दिएपछि दुई कम्पनीले समझदारीमा हस्ताक्षर गरेका हुन् । तमोर आयोजनामा नेपाली कम्पनी एचआईडीसीएल र पावर चाइनाको कति कति प्रतिशत स्वामित्व रहने, ऋण कसले दिने जस्ता विषय नटुंग्याएको पोखरेलले बताए ।

‘अहिले समझदारी गरेका छौं,’ उनले भने, ‘कसको कति प्रतिशत स्वामित्व हुने भन्ने विषय आयोजना विकास सम्झौता (पीडीए) मा समेटिन्छ ।’ नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको तमोर जलाशययुक्त आयोजनालाई बोर्ड मातहत लगिएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x