×

NMB BANK
NIC ASIA

यसकारण हतारमा थिएनन् चिनियाँ राष्ट्रपति शी

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति शी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।

Muktinath Bank

बिदाइ समारोहमा शी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै शीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो, उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अति विशिष्ट कक्षबाहिर निस्कनेबित्तिकै उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सलाम गरेका थिए । लगत्तै शीले थापासँग कुराकानी गरे । साथमा रहेकी राष्ट्रपति भण्डारी मुस्कुराइन् । स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै शीले रोकिएर आफ्नो प्रतिक्रिया दिए । बालकालिकाले चिनियाँ भाषामा भनेका थिए- ‘धन्यवाद, बाईबाई’ ।


Advertisment
Nabil box
Kumari

शीले पनि आफ्नो हात उठाउँदै बाईबाईको संकेत गरे । त्यसपछि शीले नेपाल प्रहरीले देखाएको विभिन्न वेशभूषा, भाषा झल्कने सांस्कृतिक नाच अवलोकन गरे । नाचबारे चाख राख्दै शीले राष्ट्रपति भण्डारीसँग जानकारी लिए । शीले अघि बढ्ने क्रममा संवैधानिक निकायका पदाधिकारीहरू,सचिव, सुरक्षा निकायका प्रमुख, मन्त्रीगण, प्रतिनिधिसभाकी उपसभामुखलगायतसँग बिदाइ लिए । बिदाइका क्रममा शीलाई नेपाली सेनाको टुकडीले सम्मानगारत (गार्ड अफ अनर) र २१ तोपको सलामी दिएको थियो ।

Vianet communication
Laxmi Bank

त्यसपछि सेनाका उपरथीहरू, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनासँग बिदाइ संवाद गर्दै शी आफ्नो विमानतर्फ लागेका थिए । राष्ट्रपति भण्डारीले उनलाई विमानसम्मै पुगेर बिदाइ गरेकी थिइन् । जाने क्रममा शीले पटक-पटक आफ्नो हात उठाउँदै बाई-बाई गरेका थिए ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिलाई बिदाइ गरेपछि फर्केका प्रधानमन्त्री ओली निकै प्रफुल्ल मुद्रामा देखिन्थे ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री पोखरेलसँगै अति विशिष्ट कक्षमा फर्कंदै गर्दा ओली ठाउँ-ठाउँमा रोकिँदै दुवैसँग कुरा गरिरहेका देखिन्थे । ओलीले शीको बिदाइमा प्रस्तुत प्रहरी नाच टोलीको प्रदर्शन हेर्ने इच्छा व्यक्त गरेपछि उक्त टोलीले फेरि नाच देखाएको थियो ।

त्यसपछि ओली त्यहाँ उपस्थित सबै पदाधिकारी र सुरक्षा निकायका प्रमुखलाई धन्यवाद दिँदै फर्किए । लगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गरेका थिए, ‘नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनुभएको सद्भाव र सदिच्छाका लागि राष्ट्रपति शीप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रूपमा सफल पार्न लागिपर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हादिक धन्यवाद ज्ञापन गर्दछु ।’

अनि ओलीले अर्को ट्वीटमा लेखे, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति शी चिनफिङको दुई दिवशीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।’

राष्ट्रपति भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति शी शनिबार बेलुकी काठमाडौंमा उत्रिएका थिए । एयर चाइनाको विशेष विमानबाट त्रिभुवन विमानस्थलमा पौने ५ बजे उत्रिएका शी आइतबार दिउँसो करिब सबा दुई बजे सोही विमानबाट स्वदेश फर्किए । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x