×

NMB BANK
NIC ASIA

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् । 

Sagarmatha Cement
Muktinath Bank

दुई साताअघि पक्राउ परेका कृष्णगोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले खोजी सुरु गरेलगत्तै कृष्णगोपाल गत वर्ष दुबई गएका थिए । झापा शिवसताक्षी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईमै पक्राउ परेका थिए । बेनु श्रेष्ठलाई इन्टरपोलको सहयोगमा गत वर्ष नेपाल ल्याइएको हो । अर्का अभियुक्त हरिशरण खड्का र रमेश उप्रेती पनि पक्राउ परिसकेका छन् । एक वर्षदेखि उनलाई नेपाल ल्याउने पहल भइरहेको छ । तर, दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा नेपाल ल्याउने प्रक्रिया लम्बिएको छ । उनीहरूलाई थुनामा नराखेपछि देश छाड्न नमिल्ने गरी तारेखमा राखिएको छ । रमेश तस्करी गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । हरिशरण यसअघि पिंगलास्थानमा बरामद भएको साढे ३३ किलो सुन तस्करी मुद्दाका समेत अभियुक्त हुन् । 


Advertisment
Nabil box
Kumari

सो मुद्दामा फरार १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् । नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x