मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
असोज २७, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने अन्तिम गृहकार्यमा जुटेका छन् ।
नेकपा अध्यक्ष समेत रहेका ओलीले यसक्रममा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा आफूनिकट शीर्ष नेताहरूसँग पटक–पटक छलफल गरिसकेको प्रधानमन्त्रीनिकट उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणका कारण केहीदिन सेलाएको मन्त्रिमण्डल पुनर्गठनको तयारीले शी फर्किएलगत्तै गति लिएको छ ।
ओलीले यस सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमवार पनि कुराकानी गरेका छन् । ओली–प्रचण्ड भेटमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा गम्भीर छलफल भएको थियो ।
स्रोतका अनुसार नेकपा शीर्ष नेताहरूबीच २ विकल्पमा छलफल भइरहेको छ, त्यसमध्ये एक हो हालका सबै मन्त्रीलाई राजीनामा गराएर नयाँ ल्याउने । तर प्रधानमन्त्री ओली दुई मन्त्रीलाई कुनै पनि हालतमा हटाउन तयार छैनन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबाहेक अन्यको कामप्रति आफू सन्तुष्ट नरहेको भनेर प्रधानमन्त्री ओलीले भन्ने गरेको स्रोतले बतायो ।
'छलफल र सल्लाहका क्रममा उहाँ (प्रधानमन्त्री ओली) ले म दुईजनालाई कुनै पनि हालतमा हटाउन्न अरूको विषयमा म पनि सन्तुष्ट छैन भन्ने गर्नुभएको छ,' ओलीको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।
'सरकार र पार्टीको पक्षमा दृढतापूर्वक उभिनेलाई त मैले साथ लिएर अगाडि जानैपर्छ नि भन्ने प्रधानमन्त्रीको अडान छ,' स्रोतले भन्यो, 'तर, उहाँलाई अन्य केही मन्त्रीलाई समेत जिम्मेवारी हेरफेर गरेर भनेपनि राख्नुपर्छ भन्ने सुझाव छ।'
बाँस्कोटा सरकारको आलोचना गर्नेमाथि कडा रूपमा प्रस्तुत हुने गरेका छन् । उनको अभिव्यक्ति हमेशा सरकारको रक्षा गर्नेमा केन्द्रित रहने गरेको छ ।
प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने चिनियाँ राष्ट्रपति शीको भ्रमणपछि निकै बलियो बनेका छन् । शीको भ्रमणलाई ओली सरकारको निकै महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
शीलाई नेपाल भ्रमण गराउन ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा खेलेको भूमिकाबाट ओली निकै प्रसन्न भएका हुन् ।
यी दुईबाहेक अन्य मन्त्रीहरू कोही पनि पूर्णरूपमा सुरक्षित नरहेको दाबी स्रोतको छ । सरकार र पार्टीमाथि चौतर्फी आक्रमण हुँदा पनि अन्य मन्त्रीहरू चुप रहेको र कामपनि सन्तोषजनक नगरेको भनेर प्रधानमन्त्री ओली असन्तुष्ट छन् ।
नेकपाभित्र दोस्रो विकल्पका रूपमा केही मन्त्रीलाई राजीनामा गराउने विषयमा पनि छलफल भइरहेको छ ।
यो विकल्पमा जाँदा असन्तुष्टि व्यवस्थापन गर्न चुनौती हुने देखेर छलफल थप लम्बिएको स्रोतले बतायो । यस्तो गर्दा कसलाई राख्ने कसलाई फाल्ने भन्ने विषयमा सहमति जुट्न निकै कठिन देखिएको छ ।
प्रचण्डसँग सबैभन्दा बढी छलफल !
मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा ओलीले सबैभन्दा बढी छलफल अध्यक्ष प्रचण्डसँग गरेका छन् ।
प्रचण्डसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले दुई जनाबाहेक अरूका विषयमा आफूले केही नभन्ने बताउने गरेको स्रोतले बतायो ।
'जेसुकै आरोप लागोस्, जस्तोसुकै परिस्थिति आओस्, दुई जनाबाहेक अरूका सबालमा म केही भन्दिनँ,' प्रधानमन्त्रीले नेताहरूसँग भन्ने गरेका छन् ।
सबै मन्त्रीलाई राजीनामा गराउने विकल्पमा जाँदा पनि ज्ञवाली र बाँस्कोटालाई फेरि मन्त्री बनाउने प्रधानमन्त्रीको अडान छ ।
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको १८औं सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जाँदैछन्, त्यसअघि नै मन्त्रिमण्डल पुनर्गठन गरिसक्ने गरी छलफल अघि बढेको स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस् -
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...