कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
काठमाडौं – सिजी मोटोकर्पले सुजुकीको नयाँ कार एस–प्रेसोको प्री बुकिङ खुला गरेको छ ।
कम्पनीका अनुसार सुजुकीले पहिलोपटक ह्याचब्याक कारलाई एसयुभी सेग्मेन्टको डिजाइन दिएको छ । आधुनिक लुक्समा उपलब्ध कार यसअघिका मोडलभन्दा विल्कुलै प्रिमियम बनाइएको छ । आकर्षक लुक्सका साथै उच्च ग्राउन्ड क्लियरेन्समा ध्यान दिइएको छ । जसकाकारण ग्रामीण सडकमा दौडाउन पनि सहज हुनेछ ।
बिएस ६ मापदण्डमा आधारित कारमा ३ हजार सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसले ६८ पिएस पावर दिन्छ । कारले २१.७ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता राख्छ । प्री बुकिङ खुला गर्दै कम्पनीले भनेको छ, ‘आधुनिक डिजाइनमा उपलब्ध एस–प्रेसोको एकपटक अनुभव गर्नुस् । तपाईंले एसयुभी कार चढेको महसुस गर्नुहुनेछ । इन्ट्री लेभलको कारमा उच्चस्तरीय सुविधा फिचर जडान गरिएको छ ।’
यो कार हार्टटेक चेसिसको पाँचौँ जेनेरेसन हो । यो प्रविधिमा उत्पादन भएको कार तुलनात्मक रूपमा बलियो र सुरक्षित हुने गर्छ । त्यस्तै, उत्कृष्ट पावर र पफरमेन्ससमेत उपलब्ध गराउँछ । यो कारले आधारभूत सुरक्षाका मापदण्ड पूरा गरेको प्रमाणितसमेत भइसकेको कम्पनीको भनाइ छ ।
कारमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिएर दुईवटा एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स सिस्टम, सिट बेल्टलगायत जडान गरिएको छ । कारमा सिट बेल्ट वार्निङ र तीव्र गतिको सूचना दिने इन्डिकेटरसमेत पाउन सकिन्छ । को–ड्राइभर सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ एसिस्टक, रिभर्स पार्किङ सेन्सरलगायतसमेत उपलब्ध छ ।
एस–प्रोसो कार आफ्नो सेग्मेन्टमा स्टेरिङ माउन्टेड अडियो र भ्वाइस कन्ट्रोल फिचरमा पहिलो स्थानमा छ । एड्भान्स स्मार्टप्लेट स्टुडियोमा म्युजिक, इन्टरटेनमेन्ट र नेभिगेसन सुविधा पाउन सकिन्छ । क्याबिनको बनावट उपभोक्तामैत्री बनाइएको छ । क्याबिनमा नयाँ ग्राफिक पाउन सकिन्छ । नेपाली बजारमा यसकाे मूल्य २२ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...