कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
बागलुङ –गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ ।
स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताए।
’अहिले एउटा टनेलमा मात्र फूलखेती छ', उनले भने,'तीन महीनामै तयार भयो, केही बेच्यौँ ।' मासिक रु एक हजारमा जग्गा भाडामा लिई फूलखेती गरिएको उनको भनाइ थियो । फूलखेतीमा रु ३५ हजार लगानी परेको छ । अहिले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन भइरहेको छ ।
मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए ।
“तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरू गर्र्यौँ', समूहका सदस्य मीना श्रेष्ठले भनिन्,'फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।' समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् ।
चार÷पाँच रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो रु दुई सय, तयारी माला रु एक सय र बिरुवा रु २० मा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ ।
समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ ।
खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पुर्याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले रु एक लाख बजेट छुट्टाएको थियो ।
“परीक्षणस्वरुप गरिएको फूलखेती सफल भएको छ', अध्यक्ष भण्डारीले भने,'फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।'
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...