×

NMB BANK
NIC ASIA

काठमाडौंमा पक्राउ परेका सांसद साहलाई जनकपुर ल्याइयो, सुरक्षा व्यवस्था कडा

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई धनुषा ल्याइएको छ ।

Muktinath Bank

प्रहरीको विशेष टोलीले मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका साहलाई अपराह्न जनकपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साहलाई जनकपुर ल्याउनुअघिबाटै विमानस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । दर्जनौं प्रहरी परिचालन भएका थिए ।


Advertisment
Nabil box
Kumari

साह पक्राउको विरोधमा राजपाका कार्यकर्ताले विमानस्थल परिसर र त्यसबाहिर प्रदर्शन समेत गरेका थिए । राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको बैठक नै बसेर पक्राउको विरोध गर्ने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

साहको पक्राउप्रति उनकी श्रीमती समेत रहेकी प्रदेशसभा सांसद निरा साहले आपत्ति जनाएकी छन् ।

विमान ढिला हुँदा बिरामी छट्पटाइरहेको अवस्थामा व्यक्त आक्रोशलाई लिएर पक्राउ गर्नु अन्यय भएको उनको गुनासो छ ।

सोमवार बिहान साढे ११ बजे उड्नुपर्ने बुद्ध एयरको विमान २ बजेसम्म पनि नउडेको भन्दै सांसद साहले विमानस्थलको भीआईपी कक्षमा तोडफोड गरेका थिए ।

साहविरुद्ध जनकपुर नागरिक उड्डयन कार्यालयका तर्फबाट विमानस्थल प्रमुख सन्तोष ढकालले प्रहरीमा जाहेरी दिएका थिए ।

पक्राउ परेका सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

साहमाथि गैरसैनिक हवाई उडान ऐन, २०१५ दफा ९ को (६) बमोजिमको कसूरमा अनुसन्धान हुने एसपी खनालले बताए ।

कसूर ठहरभए ५ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x