कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हिन्दू धर्मग्रन्थहरु मध्येको सवैभन्दा ठूलो ग्रन्थ महाभारत हो । जसलाई पाँचौ वेदसमेत मानिन्छ ।
महाभारतमा आर्य संस्कृतिको अनुपम ग्रन्थ पौराणिक ऐतिहासिक तथा दार्शनिक ग्रन्थको रुपमा लिइन्छ । विश्व प्रसिद्ध भगवद्गीता पनि महाभारतकै अंश हो ।
कौरव र पाण्डबबीच कुरु क्षेत्रमा भएको युद्धको सुरुवातमा नै भगवान कृष्णले पाण्डुपुत्र अर्जुन मार्फत सम्पूर्ण मानवजातीलाई दिएको उपदेशको रुपमा गीतालाई धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
महाभारतमा विभिन्न प्रसंगहरु छन् ।
यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ ।
हस्तीनापुरको सीमा क्षेत्रलाई राजा पाण्डुले निकै विस्तार गर्दै चक्रवर्ती राजा बनेका थिए । काशी, अंगदेश, मगद लगातका धेरै लराज्यलाई पाण्डुले हस्तिनापुरमा गाभेका थिए ।
आफ्नो सीमा विस्तार गरेर राजकाज सम्हामल्न आएका राज पाण्डु युद्धको थकान मेट्नका लागि रानीहरुलाई लिएर वनमा जान्छन् । राजा पाण्डुका दुई पत्नी थिए । जेठी कुन्ती र कान्छी माद्री ।
राजकाजको जिम्मा आफू फर्केन नआउने बेला सम्मका लागि दाजू धृतराष्ट्र ९जो आँखा देख्दैन थिए, जसका कारण राजा वन्ने अवसर पाएका थिएनन्, कुरु वंशमा जेठो भएपनि उनी राजा बन्न पाएका थिएनन् ।० लाई दिएका थिए । वनमा आराम गर्न गएका पाण्डु एउटा समस्यामा पर्छन् ।
वन विलासमा गएका समयमा कान्छी पत्नी माद्रीले मृगको आवाज सुन्छिन् र पती राजा पाण्डुलाई मृग मारेर ल्याउन आग्रह गर्छिन् । पाण्डुले पनि मृगमाथी शव्दभेदी बाण चलाउँछन् । तर उक्त मृगको जस्तो आवाज किन्दम नाम गरेका ऋषिले आफ्नी पत्नीसँग सहवासका क्रममा निकालेका आवाज थियो । शव्दभेदी वाणका कारण ऋषि पतिपत्ननिको निधन हुन पुग्यो । जसका कारण ऋषिले राजा पाण्डुलाई पनि श्राप दिए । महिसँगको आलिंगन हुनासाथ मृत्यु हुने छ भन्ने ।
त्यतिबेलासम्म पाण्डुका कुनै सन्तान थिएनन् । उनी चिन्तामा परे । तर कुन्तीले उपाय निकालिन् । कुन्तीले दुर्वासा ऋषिबाट आफूले चाहँदा जुन भगवान पनि उत्पति हुने बर पाएकी थिइन् । त्यसको प्रयोग गर्दै पाँच छोराहरुको जन्म गराइन् ।
एक दिन राजा पाण्डु ध्यान गरिरहेका समयमा झरनामा पानी लिन गएकी कान्छी पत्नी माद्रीलाई कामुक अवस्थामा देखेपछि आफू सम्हालिन सक्दैनन् र उनले नमान्दा नमान्दै आलिंगन गर्न पुग्छन् । तत्कालै उनको निधन हुन्छ ।
राजा पाण्डुले आफ्नो मासु खान भने पाण्डवहरुलाई
पाण्डवका पाँच छोरा थिए । जसमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल तथा सहदेव ।
पाण्डव ज्ञानी थिए । उनको अन्तिम इच्छा थियो की उनका पाँच छोराले उनको मृत शरीरलाई खाउन् ताकि उनीहरुले ज्ञान आर्जन गर्न सकुन् जो ज्ञान उनले पाएका थिए । त्यो ज्ञान छोराहरुमा जावस् भन्ने पाण्डुको इच्छा थियो ।
उनको निधनपछि पाण्डुपुत्रहरुले बाबुको शरीर खान मानेनन् ।
तर सहदेवले भने आफ्ना पिताको इच्छा पालन गर्नका लागि मस्तिष्कको तीन हिस्सा खाएका थिए ।
पहिलो टुक्रा खानासाथ सहदेवलाई इतिहासको ज्ञान भएको थियो । दोस्रो टुक्रा खानासाथ उनलाई वर्तमान र तेस्रो टुक्रा खानासाथ भविष्यको ज्ञान भएको थियो ।
भविष्यबारे जान्दा जान्दैपनि उनले महाभारत युद्धलाई रोक्न सकेनन् । किनकी भगवान कृष्णले उनलाई श्राप दिएका थिए ।
यदी सहदेवले भविष्यलाई हेर्दै महाभारत युद्ध हुन्छ भन्ने बताएको क्षणमा नै उनको मृत्यु हुने थियो ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...