×

NMB BANK
NIC ASIA

अलराउन्डरको अप्रत्याशित निर्णय

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  नेपाली खेलकुद वृत्त मंगलबार एकाएक तरंगित बन्यो, जब राष्ट्रिय क्रिकेट टोलीका अहिलेसम्मकै सफल कप्तान पारस खड्काले पदबाट राजीनामा घोषणा गरे ।

Sagarmatha Cement
Muktinath Bank

एक दशक नेपाली क्रिकेटको ‘स्वर्णयुग’ लाई नेतृत्व गरेका ३२ वर्षे अलराउन्डर पारसको यो निर्णय धेरैका लागि अप्रत्याशित थियो । १० वर्षमा नेपाली क्रिकेटले हासिल गरेको विरासतका नायक हुन् पारस ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २००९ को एसीसी ट्वान्टी–२० कपमा विनोद दासलाई प्रतिस्थापन गरी पारसलाई कप्तान बनाइयो । त्यस प्रतियोगितामा नेपालले समूह चरण पार गर्न सकेन । तर उनले कप्तानी सम्हालेको दोस्रो वर्ष सन् २०१० मा नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि चुम्यो, जुन आईसीसीको आयोजनामा भएको पहिलो उपाधि थियो । २०११ मा काठमाडौंमै भएको एसीसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको ढोका खुल्यो ।


Advertisment
Nabil box
Kumari

सन् २०१२ मा डिभिजन–४ को उपाधि जितेको नेपाल त्यही वर्ष ट्वान्टी–२० विश्वकप छनोटमा सहभागी १६ टोलीमध्ये सातौं स्थानमा उक्लिन सफल भयो । सन् २०१३ नेपाली क्रिकेटका लागि सबैभन्दा सफल वर्ष रह्यो । त्यसवर्ष नेपालले बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–३ को उपाधि मात्र जितेन, एसीसी ट्वान्टी–२० कपको फाइनलमा पुग्यो । नामिबियामा भएको ट्वान्टी–२० विश्वकप छनोटमा तेस्रो हुँदै ऐतिहासिक रूपमा विश्वकपको यात्रा निश्चित गर्‍यो ।

Vianet communication
Laxmi Bank

२०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेर सानदार प्रदर्शन गर्‍यो । तर घरेलु टोलीसँगको हारले समूह चरणबाटै बाहिरिनुपर्‍यो ।विश्वकप प्रतियोगितासम्मको यो यात्रा नै नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

सन् २०१४ मै नेपाल न्युजिल्यान्डमा आयोजित एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये नवौं भयो । फलस्वरूप डिभिजन–२ बाट रेलिगेसनमा पर्‍यो । त्यही वर्ष डिभिजन–३ मा सफलता हासिल गरी पुनः दोस्रो डिभिजनमा उक्लियो । सन् २०१५ मा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान बनायो । यस प्रतियोगितामा सहभागिता निश्चित भएपछि नेपालले स्वतः डिभिजन–१ को मान्यता पायो ।

सन् २०१७ सम्म चलेको यस प्रतियोगितामा नेपालले ७ टोलीसँग ‘होम एन्ड अवे’का आधारमा १४ खेल खेल्यो । यस प्रतियोगितामा असफल भएपछि पुनः रेलिगेसनमा परेको थियो । २०१७ मै डिभिजन–२ को फाइनलमा पुगेर नेपालले डिभिजन–१ को यात्रा तय गर्‍यो भने एकदिवसीय विश्वकप छनोटमा पनि स्थान बनायो । सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले एकदिवसीयमा मान्यता पाएको हो । यो पनि नेपाली क्रिकेटको अर्को ऐतिहासिक सफलता हो ।

२०१९ मा ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित भएपछि ग्लोबल छनोटमा पुग्न असफल भएको हो । यी सबै उतारचढावमा नेपाली क्रिकेट टोलीको नेतृत्व पारसले गरे । ट्वान्टी–२० विश्वकप खेल्न पाउनु र एकदिवसीय मान्यता पाउनुलाई करियरको सबैभन्दा ठूलो सफलता ठान्छन् उनी । भन्छन्, ‘यो यात्रामा मेरा समकालीन खेलाडी र प्रशिक्षकको सहयोग महत्त्वपूर्ण रह्यो । तीन विदेशी– रोय डायस, पुबुदु दासानायके र उमेश पटवाल तथा स्थानीय जगत टमाटा गुरुले कप्तानका रूपमा मलाई धेरै सहयोग गर्नुभयो । खेलाडीहरूको साथ पनि उस्तै रह्यो । प्रस्ट रूपमा जसरी भए पनि क्रिकेटलाई माथि पुर्‍याउने हाम्रो लक्ष्य थियो र सबैको लक्ष्यलाई एकाकार गरेरै यहाँ आइपुगेका हौं ।’

विश्व जगत्मा नेपाली क्रिकेटको मानकलाई उचो बनाउने अभियानको नेतृत्व गरेका पारसलाई कप्तानीबाट राजीनामा दिनुपर्ने दबाब तत्कालका लागि थिएन । नेपाल क्रिकेट संघ (क्यान) को हालै निर्वाचित नयाँ कार्यसमितिले पनि यसबारे निर्णय गरेको होइन । मैदानभित्र उनको रणनीति र व्यक्तिगत प्रदर्शन पनि खस्केको थिएन, बरु अझै राम्रो भइरहेको थियो । ‘म मैदानभित्र एउटा खेल हारेको दुःखमा वा एउटा खेल जितेको अवस्थामा पद छाड्ने प्रवृत्तिको मान्छे होइन । र, यो निर्णय रातारात गरिएको पनि होइन,’ मंगलबार पत्रकार सम्मेलनमा पारसले भने, ‘क्यानमा नयाँ नेतृत्व आएको छ, आईसीसीले निलम्बन फुकुवा गरेको छ र अब सबै मिलेर नयाँ सुरुआत गर्नुछ । अबका दिनमा नयाँ चुनौती स्वीकार गर्दै सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नेछन् भन्ने आशा गर्छु ।’

१० वर्ष नेपाली क्रिकेटलाई सम्भव भएजति सबै उपलब्धि दिलाएका पारसले आफूले कप्तानी छाडे पनि क्रिकेटबाट टाढा हुन नसक्ने प्रस्ट पारे । संघको छनोटमा परेको अवस्थामा राष्ट्रका लागि सदैव तयार रहेको उनले बताए । ‘खेलाडीका रूपमा आफूलाई निरन्तरता दिन चाहन्छु, तर अहिले केही समय आराम गर्नेछु,’ उनले भने, ‘कप्तान मात्र होइन, मेन्टर, सेलेक्टर र खेलाडीका रूपमा बिताएँ । अब म खेल्छु/खेल्दिनँ भन्ने कुरा सेलेक्सन कमिटी र प्रशिक्षकको निर्णयमा भर पर्छ । राष्ट्रिय टिम हुँदै नेतृत्व गर्ने अवसर पनि पाएँ । यो एउटा अविश्वसनीय यात्रा थियो र यसको अन्त्य कुनै दिन हुनु नै थियो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x