×

NMB BANK
NIC ASIA

कर्णालीमा ५२ प्रतिशत बालविवाह, कम उमेरको अधिकांश विवाह भागेर !

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– कर्णाली प्रदेशका १० वटा जिल्लामा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाले गरेको एक अध्ययनमा यस्तो पाइइएको हो ।

Sagarmatha Cement
Muktinath Bank

अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार कर्णालीमा ५२ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको छ । अधिकांश बालविवाह आफूखुशी हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालविवाह गर्नेको कुल संख्यामा २ प्रतिशतको मात्र मागी विवाह अर्थात् अभिभावकले गराइदिने विवाह हुने गरेको छ । ९८ प्रतिशत बालबालिकाले आफ्नै मर्जीले भागी विवाह गर्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी बालविवाह रुकुम पश्चिममा हुने गरेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार रुकुममा ७१.६ प्रतिशत, सल्यानमा ६९.८८ प्रतिशत, सुर्खेतमा ६८.८२ प्रतिशत, दैलेखमा ७०.६६ प्रतिशत बालविवाह हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

जाजरकोटमा ६५.८६, डोल्पामा ४९.९५ प्रतिशत, जुम्लामा ६९.७६ प्रतिशत, कालिकोटमा ५९.१७, मुगुमा ५७.३९ र हुम्लामा ५२.३८ प्रतिशत बालविवाह हुने गरेको स्वास्थ्य महाशाखाले जनाएको छ । उक्त प्रतिवेदन अनुसार १० वर्षमुनि विवाह गर्नेको संख्याभन्दा १० देखि १४ वर्षका उमेर समूहको धेरै छ भने सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मका बालबालिकाले बालविवाह गर्ने गरेको उल्लेख छ ।

२० वर्षभन्दा कम उमेरमा बितेको तीन वर्षमा गर्भवती हुने बालिकाको संख्या ४० हजार ९ सय ६१ रहेको छ । तीमध्ये डोल्पामा ६ सय ८७, मुगुमा २ हजार ३ सय २६, हुम्लामा ९  सय २, जुम्लामा २ हजार ८ सय ३०, कालिकोटमा २ हजार ५ सय ३८ जना गर्भवती भएका छन् । 

यस्तै, दैलेखमा ४ हजार ६ सय ९६ जना, जाजरकोटमा ४ हजार २४, रुकुम पश्चिममा ७ हजार ५ सय ९० जना, सल्यानमा ६ हजार ६ सय ५२ जना र सुर्खेतमा सबैभन्दा बढी ८ हजार ७ सय १६ जना २० वर्षभन्दा कम उमेरमै गर्भवती भएका छन् ।

बालविवाहले निम्त्याउने समस्या

कम उमेरमै विवाह गरेको खण्डमा बालबालिकालाई धेरै ठूलो असर पर्ने बालरोग विशेषज्ञ डा. नवराज केसीको भनाइ छ । ‘मातृ मृत्युदर र शिशु मृत्युदर बढ्ने, पाठेघर खस्ने, विद्यालयमा पढाइ छुट्ने, पारिवारिक जिम्मेवारी लिनुपर्ने, पारिवारिक सम्बन्ध बिग्रँदै जाने र सम्बन्धविच्छेद हुने यसैको प्रमुख कारण हो,’ उनले भने, ‘उमेर नपुग्दै बच्चा जन्मने हुँदा बच्चा अस्वस्थ्य जन्मने, लैंिगक र घरेलु हिंसा हुने गरेको पाइएको छ । यसको निदानका लागि बालविवाह न्यूनीकरणबाहेक अन्य विकल्प छैन ।’

सरकारका सामाजिक विकास मन्त्री दल रावलले भने सरकार एक्लैले चाहेर यस्ता सामाजिक अपराध रोक्न नसक्ने बताउँछन् । 

‘सरकार एक्लैले चाहेर हामी बालविवाह रोक्न सक्दैनौं । राज्यले आवश्यक नीति बनाउने, कानून बनाउने र कार्यान्वयन गर्ने गर्दछ,’ उनले भने, ‘समाजको तल्लो स्तरमा काम गर्ने विभिन्न नागरिक समाजका अगुवा, सञ्चारकर्मी र संघ–संस्थाहरुको सहयोगमा यी प्रथाहरू, कुरितीहरू अन्त्य गर्न सकिन्छ ।’ 

बालविवाह अन्त्यको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले दाबी गरे । 

‘सरकारको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ भन्ने मूल नाराका साथ कार्यक्रम ल्याएका छौं । यसबाट कर्णालीका १२ हजार छोरीले प्रत्येक वर्ष लाभ पाउनेछन् । २० वर्षसम्म छोरीका लागि प्रदेश सरकारले बैंक खातामा १३ अर्ब रुपैंया जम्मा गरिदिनेछ,’ मन्त्री रावलले भने, ‘२० वर्ष पुगेपछि मात्रै छोरीले उक्त रकम झिक्न पाउने व्यवस्था गर्ने गरी हामी अघि बढेका छौं । बालविवाह गर्ने छोरीले उनको खातामा जम्मा हुने तीन लाख रुपैंया झिक्न पाउने छैनन् ।’

यद्यपि छोरीको नाममा जम्मा भएको रकमलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगाई तीन लाखभन्दा ६ लाख रुपैयाँ दिन सकिन्छ भन्ने बारेमा प्रदेश सरकारले सोचिरहेको उनको भनाइ छ । मन्त्री रावलले प्रदेश सरकारले २०० भन्दा बढी छोरीलाई तीन वर्षे प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिई अध्यापन गराइरहेको बताउँदै चालू आर्थिक वर्षमा डाक्टर तथा इन्जिनियरिङ पढने छोरी बुहारीलाई छात्रवृत्ति दिने बताए ।

‘हाम्रो चाहना कर्णालीका छोरीबुहारी आत्मनिर्भर बनुन् भन्ने नै हो,’ मन्त्री रावलले भने, ‘त्यसका लागि थप प्रोत्साहन दिने र प्राविधिक शिक्षा लिन जोड दिने मन्त्रालयको योजना छ ।’

कर्णालीमा रहेका सबैखाले कुप्रथाविरुद्ध एकजुट भई लाग्न सबै राजनैतिक दल, समाजका अगुवा, शिक्षक, कर्मचारी, प्रहरी, अभिभावक, सञ्चार जगतलाई उनले आग्रह गरेका छन् ।

किडार्क नेपालले प्रदेशिक बालकचहरी आयोजना गर्दा मन्त्री रावलले यस्तो आग्रह गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x