×

NMB BANK
NIC ASIA

रारा–सिञ्जा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

असोज ३०, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

खलङ्गा – चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर ताल रारा ।

Muktinath Bank

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् । दशैँ सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका गाडीहरु बाक्लो रुपमा देखिन थालिएको स्थानीयवासीले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

रारा तालले दिनमा निकै चोटि रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ । त्यही रङ्गफेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै स्वर्गको अप्सरा जस्तै देखिन्छ र पर्यटकलाई मनै लोभ्याएको हुन्छ । काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका डा अशोक महासेठले यस्तै अनुभव गरे। 

Vianet communication
Laxmi Bank

दशैँयता मात्रै पाँच हजारभन्दा बढी पर्यटकले रारा र सिञ्जा अवलोकन गरिसकेको प्रहरी चौकी गोठीज्यूलाको अनुमान छ । सिञ्जा क्षेत्रको गोठीज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मबजार, राराताल र जुम्लाको खलङ्गा बजार तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा अहिले रारा जाने र फर्किने पर्यटकको भीड बढेको व्यवसायीहरु बताउँछन् । नाग्म–गमगडी राजमार्गमा पर्यटक सवार गाडीहरु बाक्लो रुपमा गुडिरहेका छन्, तर बाटो हिलो र धुलोले सास्ती व्योहोर्नु परेको पर्यटकहरु बताउँछन् ।  

कनकासुन्दरी गाउँपालिका–३ सिञ्जामा रहेको राराटफ शोभा होटलमा अहिले रारा जाने र आउने पर्यटकलाई खाना खुवाउन र बास बसाल्न चटारो भएको होटलका सञ्चालक भक्तबहादुर बुढाले बताए। उहाँका अनुसार दैनिक ५०÷६० बढीलाई खाना खुवाउने अवसर मिलेको छ । गोठीज्यूलामा अहिले करीब तीन दर्जन बढी सानातिना होटल रारा र सिञ्जा आउने पर्यटकले धानेका छन् । 

“देशकै ठूलो ताल राराको विषयमा धेरै पहिलादेखि सुनेका थियौं । धेरैपटक जाने योजना पनि बुन्यौ । तस्बिर र टिभीमा रारा देख्दा कहिले पुग्न पाइएला जस्तो लाग्थ्यो, तर हामी यसपाली पुग्यौं र तालको सौन्दर्यमा रमायौं”, एक साताको समय लिएर रारा र सिञ्जा घुम्न आएका उर्लाबारी नगरपालिका मोरङका नवीन श्रेष्ठले भन्नुभयो, “राराले पर्यटकलाई मनै लोभ्याएको छ तर बाटो विस्तार तथा कालोपत्र नहुँदा सास्ती व्योहोर्नु परेको छ ।” यो राजमार्गमा बढीजसो स्कार्पियो गाडी लिएर पर्यटक आउने गरेका छन् । स्कार्पियो कच्ची बाटोका लागि बलियो भएकाले धेरैजसो स्कार्पियो गाडी आउने गरेको स्थानीय चालक मोती न्यौपानले बताए।
  
यसैगरी रारा जाने पर्यटक फर्किँदा वा आउँदा एकपटक प्रायःगरी जुम्ला बजारमा आउने गरेका छन् । अहिले पर्यटक बढेको दौतरी होटल जुम्लाका प्रबन्धक पदमबहादुर महतले जानकारी दिनुभयो । लामो यात्रा भएकाले आरम गर्न तथा घुम्न पनि पर्यटक जुम्ला सदरमुकाम खलङ्गामा आउने गरेका छन् । यहाँको सिञ्जा सभ्यतासहित सदरमुकाममा रहेको ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य गुम्बा, स्याउ बगैँचा, तातोपानीलगायत विभिन्न सम्पदामा पर्यटक रमाउने गरेका छन् ।
 
केही पर्यटक तत्कालीन विशाल साम्राज्यको राजधानी सिञ्जा र यहाँको कनकासुन्दरी मन्दिर, पाण्डवगुफा, विराट दरबारदेखि विभिन्न पुरातात्विक सम्पदाको अवलोकन गर्न पर्यटक आउने गरेको सिञ्जा कनकासुन्दरी–४ का सूर्यमणि हमालले जानकारी दिए। उनका अनुसार रारा र सिञ्जामा दशैँ र तिहारमा मात्रै करीब २० हजार पर्यटक आउने गर्दछन् ।
 
सडक स्तरवृद्धि भए समृद्धि 

रारा आउने पर्यटक बढे पनि सडक स्तरवृद्धि नहँुदा आएर फर्किने मानिस फेरि नफर्किने गुनासो गर्दै आएका छन् । तर कर्णाली राजमार्ग दुईलेन, नाग्म–गमगडी राजमार्ग कालोपत्र भएमा पर्यटक अहिलेको भन्दा तीन गुणा बढ्ने अनुमान गरिएको छ । सोहीअनुसारको आर्थिक लाभ स्थानीय होटल व्यवासायी र किसानले लिनेछन् । यहाँको अग्र्यानिक स्याउ, सिमी, ओखर, मार्सी चामल बिक्री उत्तिकै बढ्नेमा दुईमत छैन ।विजय रावत,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x