मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बनेपा –राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेपलाञ्चोकले भूकम्प गएको करीब साढे चार वर्षपछि जिल्लाका भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गरेको छ ।
भूमिहीन घरपरिवारका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरीद गर्न सरकारले उपलब्ध गराउने रकम रु दुई लाख पाउनेमा २२ घरधुरीमध्ये १७ घरपरिवारलाई सो रकम प्रदान गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकको प्रमुख सागर आचार्यले बताए।
त्यसरी जग्गा खरीदका लागि रकम पाउनेमा चौरीदेउराली गाउँपालिकामा एक, मण्डनदेउपुर नगरपालिकामा दुई, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा पाँच, रोशी गाउँपालिकामा एक, तेमाल गाउँपालिकामा दुई र भुम्लु गाउँपालिकामा एक घरपरिवार रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
अन्य पाँच घरपरिवारले भने जग्गा खरीद गर्न ठाउँ नमिलेको भन्दै ढिला गरिरहेको जनाएको छ । उनीहरुको पनि ठाउँ प्राप्त भएको भन्ने जानकारी प्राप्त हुनेबित्तिकै रकम वितरण गर्ने कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लाका अन्य भूमिहीन भूकम्प लाभग्राहीलाई घर निर्माणका लागि जग्गा प्रदान गरेको छ । प्रमुख आचार्यका अनुसार जिल्लाका भूमिहीन परिवारका लागि पहिलो र दोस्रो चरणमा गरी १०४ घरपरिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि जग्गा उपलब्ध गर्ने निर्णय भएको बताए।
'सङ्घीय सांसद गङ्गाबहादुर तामाङको संयोजकत्वमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार १०४ जनालाई पहिलादेखि बस्दै आएको घर भएकै जग्गामा घर बनाई भोगचलन गर्न पाउने गरी निर्णय भएको छ', आचार्यले भने, 'भोगचलन भएको तर आफ्नो नाममा जग्गा नभएकाहरुका लागि अब उहाँहरुले त्यही ठाउँमा घर निर्माण गर्न पाउनेछन् ।'
त्यसरी पहिलाकै ठाउँमा घर निर्माण गर्न पाउने घरपरिवारमा धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका र पनौती नगरपालिकाका गरी १०४ घरपरिवार रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकले जनाएको छ ।
त्यसैगरी भूमिहीन हुँ भनेर निवेदनसहितको विवरण पेश गर्न आउने अन्य ७० घरपरिवारको पनि विवरण केन्द्रमा पठाइसकेको र त्यहाँबाट निर्णय भएर आएपछि प्राप्त विवरणको आधारमा वितरण गर्ने प्रमुख आचार्यले बताए।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...