×

NMB BANK
NIC ASIA

पुनःनिर्माणको दोस्रो किस्ता लिन आह्वान

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज यहाँ आयोजित कार्यक्रममा समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न भूकम्प पीडितलाई आग्रह गर्नुभएको हो । 

Muktinath Bank

     प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार, दोस्रोमा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये सात लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो, छ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो र पाँच लाख सात हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

     भूकम्पबाट क्षति भएकामध्ये चार लाख ६९ हजार २५९ घर पुनःनिर्माण भइसकेका छन् । एक लाख ९४ हजार ४५६ घर पुनःनिर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनःनिर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् । 

Vianet communication
Laxmi Bank

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनःनिर्माणमा ढिलाइ भएको कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट वञ्चित हुने बताउनुभयो । 

    जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर)का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीनले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्वसम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुनःनिर्माण गर्न इच्छुक नहुनुलगायतका समस्या रहेको बताउनुभएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x