×

NMB BANK
NIC ASIA

गोलभेँडाले फेरियो जीवनशैली

कात्तिक २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि नमूना किसान बनेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

    गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभँेडा खेतीबाट चालू आवको दुई महीनाको अवधिमा रु ५० लाखको गोलभेँडा निकासी भएको छ । ठूलो मात्रामा गोलभँेडा उत्पादनसँग गरीबी हटाउन सहयोग पुगेको हो । यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    उत्पादित गोलभँेडाबाट राम्रो मूल्य र बजार पाउन थालेपछि यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि कमजोर आयस्रोत भएका परिवारको दैनिकी परिर्वतन देखिएको छ । आम्दानीको स्रोत बढेपछि स्थानीयवासिन्दा स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ ।


Advertisment
Nabil box
Kumari

    मैनादी कृषि सहकारी संस्थामा आबद्धता ४९ सदस्यले व्यावसायिक गोलभँेडा खेती वार्षिक रु ५० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । श्रम र पसिना बगाउन हिम्मत गर्ने युवाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका युवाले देखाएका छन् । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान मानबहादुर बम्रेलले चालू आवको साउन र भदौ महीनामा गोलभँेडा खेतीबाट राम्रो आम्दानी गरे ।

Vianet communication
Laxmi Bank

    मकै खेतीमा गर्ने बारीमा गोलभेँडा खेतीबाट रु दुई लाख ७३ हजार आम्दानी गर्नुभएको छ । गत आवमा करीब रु तीन लाख जतिको गोलभेँडा बेचिएको हो । अझै कात्तिक महीनामा गोलभेँडा बारीबाट निकासी हुने बम्रेलको भनाइ छ । रिब्दीकोट गाउँपालिका–७, मैनादीका किसान निर्मला रास्कोटीले साउन भदौ महीनामा उत्पादन गरेको गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी लिन सफलता हाता पार्नुभयो । व्यावसायिक गोलभेँडा खेतीबाट गाउँमा स्वरोजगार र रोजगारीका सम्भावनासमेत बढेको छ । 

    यहाँका ९० भन्दा बढी युवा कृषि क्षेत्रमा लागि परेका छन् । तीमध्ये ४९ जना गोलभँेडा खेतीमा आकर्षित छन् । यहाँबाट तरकारी तथा सुन्तला ठूलो मात्रामा निकासी हुँदै आएको छ । ११४ जना सदस्य रहेको यस सहकारीमार्फत किसानलाई ऋण तथा प्राविधिक ज्ञान सीप तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालनपछि गाउँमा कृषि उत्पादन बढेको सहकारीका अध्यक्ष बेनीराम पुनको दाबी छ । 

    रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर रास्कोटीले व्यावसायिक गोलभँेडा खेतीबाट किसानको जीवनस्तरमा सुधार आएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x