पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं – उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबारझैं शनिवार पनि जारी रह्यो ।
वाग्मती सफाइ महाअभियानको ३३६ औं हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ ।
पन्ध्र संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
सफाइमा अधिकारसम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार लगायत अभियानकर्मी सक्रिय थिए ।
वाग्मती सफाइ महाअभियान शुरू भएको ६ वर्षसम्म पनि उपत्यकाको मध्यभाग भएर वाग्मतीमा मिसिने इच्छुमती (टुकुचा) सफाइ शुरू हुन नसकेकाले फोहर बढेको स्थानीयको गुनासो छ । वडाध्यक्ष तण्डुकारले टुकुचा सफाइ अभियान पनि शुरू गर्न पहल भइरहेको बताए ।
विक्रम संवत् २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरू भएको थियो । वाग्मती सफाइ अभियान शुरू भएपछि यसका सहायक नदी र चक्रपथ सफाइ अभियान पनि आरम्भ भएको हो ।
उपत्यकाबाट शुरू भएको सफाइ अभियानले हाल देशव्यापी स्वरुप ग्रहण गरिसकेको छ । देशभर हाल १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।
चक्रपथ उत्तरखण्ड सफाइको १३३ औं हप्तामा नयाँबसपार्क पुलबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा अस्टे«लियाका लागि नेपाली राजदूत महेश दाहाल, ८० वर्षीय ज्येष्ठ नागरिक तोयनाथ पौडेललगायत २५० भन्दा बढी अभियानकर्मी सक्रिय थिए ।
अर्को हप्ता शनिवार ज्येष्ठ नागरिक पौडेलले लेखेको पुस्तक ‘चेतनामृत’ विमोचन गर्ने कार्यक्रम रहेको सफाइ अभियानले जनाएको छ ।
यसैगरी शनिवार उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, वाग्मतीको तिलगंगा, सुन्दरीघाट र गुह्येश्वरी खण्ड, चक्रपथको पश्चिम खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान सञ्चालन गरिएको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...