×

NMB BANK
NIC ASIA

उज्यालो भीमदत्त अन्तर्गत सौर्यबत्ती जडान हुँदै

कात्तिक २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँको बजेटमा नगर क्षेत्रमा १ सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्ष २०७६/७७ मा नगर क्षेत्रमा ११० सौर्यबत्ती जडान गरिने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमअन्तर्गत चालू आवमा ९४ सौर्यबत्ती बत्ती जडान भइसकेका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । अरु सौर्यबत्ती जडानकार्यलाई अगाडि बढाउने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्यबत्ती जडान गरिएका थिए ।


Advertisment
Nabil box
Kumari

सांसद डा. दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा ती सौर्यबत्ती जडान गरिएका हुन् । नगर प्रमुख विष्टले उज्यालो नगर बनाउने प्रतिबद्धताअनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताए । गाउँ शहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम शुरू गरिएको उनले जनाए ।

Vianet communication
Laxmi Bank

नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीको साझेदारीमा यस वर्ष ११० सौर्यबत्ती जडान गरिने कार्यक्रम बनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएका छन् ।

पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्यबत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ । 

उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेटसमेत बढाएको छ । गत वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याइएको छ । नगरपालिकाले प्राथमिकता दिएको उक्त कार्यक्रमअन्तर्गत वडाहरुमा सौर्यबत्ती र सडकबत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी, नगरपालिकाले वडा नम्बर ९ मा पर्ने अहिलेसम्म अध्यारो अवस्थामा रहेका खल्ला, टुँडिखेल र मसेट्टीका बस्तीमा विद्युत् पुर्‍याउने तयारी गरेको छ । नगरप्रमुख विष्टले ती बस्तीमा विद्युतीकरण कार्य शुरू गर्ने तयारी गरिएको जानकारी दिए । – राजेन्द्र पनेरु/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x