×

NMB BANK
NIC ASIA

नेपाल-चीन संयुक्त सुरक्षा अभ्यास हुने

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपाल र चीनले दुवै देशका सशस्त्र प्रहरीमार्फत अन्तरदेशीय सीमा अपराध, आतंकवाद नियन्त्रण र सीमा व्यवस्थापनका लागि ‘संयुक्त सुरक्षा अभ्यास’ गर्ने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा भएको समझदारीअनुरूप दुई देशका अर्धसैनिक बलबीच पहिलोपटक सुरक्षा अभ्यास गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीको राजकीय भ्रमण क्रममा सीमा सुरक्षा र आतंकवाद नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सुरक्षा अभ्यास गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


Advertisment
Nabil box
Kumari

भ्रमणपछि दुवै देशका तर्फबाट जारी संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा पनि सीमा सुरक्षार्थ तैनाथ निकायबीच संयुक्त अभ्याससहित चीनले कानुन कार्यान्वयन गर्ने नेपालका निकायलाई ३ वर्षमा एक सयवटा तालिम प्रदान गर्ने, सुरक्षा सहायतालगायतमा सहयोग गर्ने उल्लेख छ ।

Vianet communication
Laxmi Bank

नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र चीनको पिपुल्स आर्म्ड पुलिस फोर्स (पीएपी) बीच सुरक्षा अभ्यासका लागि दुवै देशले संयुक्त कार्ययोजना बनाइने गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण क्रममा भएको समझदारी कार्यान्वयन गर्न दुवै मुलुकबाट छिट्टै संयुक्त खाका बन्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘सीको भ्रमण क्रममा जारी संयुक्त वक्तव्य परराष्ट्र मन्त्रालयबाट औपचारिक रूपमा आएपछि सुरक्षा अभ्याससम्बन्धी कार्ययोजना बन्नेछ ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुई देशबीच भएको समझदारीपत्र मन्त्रालयमा आइनसकेको बताए । ‘समझदारीपत्र औपचारिक रूपमा आएपछि त्यसलाई कार्यान्वयन गर्न कार्ययोजना बन्छ,’ उनले भने । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरज श्रेष्ठले दुई देशका अर्धसैनिक बलबीच संयुक्त अभ्यास भए सीमा व्यवस्थापन र सुरक्षामा प्रभावकारी काम गर्न सकिने बताए । ‘दुई देशका सशस्त्र प्रहरीबीच अहिलेसम्म संयुक्त सुरक्षा अभ्यास भएको छैन, चीनसित संयुक्त अभ्यास गर्ने समझदारी हुनु निकै उपलब्धिपूर्ण कदम हो,’ डीआईजी श्रेष्ठले भने । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x