बयानका लागि महरा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा

फाइल फोटो
कात्तिक ३, २०७६

काठमाडौं – संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

गत असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका महराको बयान अस्वस्थताका कारण अहिलेसम्म पूरा हुन सकेको छैन । उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।


ADVERTISEMENT

महरालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको म्याद शुक्रवार सम्पन्न भइसकेको छ । हिजो शनिवार अदालत बन्द हुने भएकाले आज कि म्याद थपका लागि अदालत पेश गर्नुपर्ने हुन्छ, कि त अभियोग पत्र दर्ता गर्नुपर्ने हुन्छ ।

संसद् सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

सोही आरोपका आधारमा महरा पक्राउ परेपनि उनले भने पटक–पटक बयान फेर्दै आएकी छन् ।

कात्तिक ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस