पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं – नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक तथा आयुर्वेदिक उपचारसम्बन्धी ‘कन्सल्ट्यान्ट’ सेवा प्रदान गर्ने सिंहदरबार वैद्यखाना विकास समिति धरासायी बनेको छ ।
यसलाई सरकारी पक्षबाट जानीबुझी नै धरासायी बनाउने काम भएको त्यहाँ कार्यरत कर्मचारीहरूको गुनासो छ ।
२०७५ असारमा मन्त्रिपरिषद्को बैठकले बोर्ड खारेजी र कार्यालय प्रमुखलाई पदमुक्त गरेसँगै वैद्यखानालाई कच्चापदार्थ खरिद, औषधि उत्पादन र बिक्री कार्यमा अवरोध भएको छ ।
वैद्यखाना समिति बोर्डविहीन
२०७५ साल असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले विकास समिति ऐन, २०१३ बमोजिम गठन भएका सबै विकास समितिको विघटन गर्ने निर्णय गर्यो ।
स्वास्थ्य मन्त्रालयले सोही निर्णयका आधारमा गतसाल असोजको ६ गते कार्यालय प्रमुख र बोर्ड अध्यक्ष पदमुक्त भएको परिपत्र वैद्यखाना विकास समितिलाई पठायो ।
आफूलाई हटाउने निर्णय कानूनसम्मत् नभएको भन्दै कार्यालयका प्रमुख तथा प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले सर्वोच्चमा रिट दायर गरे ।
सर्वोच्चले उनकै पक्षमा आदेश दियो ।
‘सर्वोच्च अदालतले ०७५ फागुन १३ गते कार्यालय प्रमुख खरेलको पक्षमा आदेश दियो, त्यसको भोलिपल्टदेखि उहाँ पुनः हाजिर हुनुभयो,’ कार्यालयकी प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले लोकान्तरसँग भनिन् ।
कार्यालका प्रमुख खरेलले अदालतबाट मुद्दा जितेर आएतापनि मन्त्रालयले पदाधिकारी नियुक्तिमा चासो दिएको छैन ।
‘यहाँबाट धेरैपटक पदाधिकारी पदपूर्ति गरिदिन हामीले आग्रह गर्यौं, तर मन्त्रालयले सुनुवाइ नै गरेको छैन्,’ कार्यलय प्रमुख वंशदीप शर्मा खरेल भने ।
वार्षिक योजना नै बन्न सकेन !
गत आर्थिकदेखि अहिलेसम्म समितिको वार्षिक योजना समेत बन्न सकेको छैन । ‘गत सालको वार्षिक योजना बोर्ड विघटन भएका कारणले यहीँबाट पास हुन सकेन । हामीले मन्त्रालयमा वार्षिक योजना पास गरिदिन प्रस्ताव गर्यौं, तर मन्त्रालयले टेण्डर आह्वान गर्न नमिल्नेगरी आंशिक कामको लागि मात्रै स्विकृति प्रदान गर्यो,’ प्रशासकीइ अधिकृत खरेलले भनिन् ।
करीब डेढ वर्षदेखि वैद्यखाना विकास समिति योजनाविहीन छ । वार्षिक कार्ययोजना र बजेट बोर्डले स्वीकृत गरेपछि मात्रै कार्यान्वयन गर्न पाउने व्यवस्था छ, तर बोर्ड नभएको अवस्थामा मन्त्रालयबाट स्वीकृत गराएर समितिले काम गर्ने गरेको कार्यालय प्रमुख खरेलले बताए ।
यसपालि मन्त्रालयले सबै काम गर्नेगरी वार्षिक कार्ययोजना स्वीकृत गरिदिने सम्भावना रहेको र त्यसो भएमा पुनः समितिलाई पुरानै स्थितिमा ल्याउन सकिने विश्वास कार्यालय प्रमुख खरेलको छ ।
व्यापारमा ठूलो गिरावट
नेपाल सरकारको स्वामित्वमा रहेका धेरै समिति र कम्पनीमध्ये सिंहदरवार वैद्यखाना सामान्यतया नाफामा सञ्चालन हुँदै आएको संस्था हो । तर अहिले आएर यसको व्यापारमा पनि ठूलो गिरावट आएको छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा बाहेक सबै खर्च आफ्नो आम्दानीबाट नै सञ्चालन गर्दै आएको प्रमुख खरेल बताउँछन् ।
सिंहदरबार वैद्यखाना विकास समितिले नेपालभरिका सरकारी आयुर्वेदिक अस्पताललाई बर्सेनि ठूलो मात्रामा आयुर्वेदिक औषधि बिक्री गर्दै आएकोमा गत आर्थिक वर्षदेखि काममा अवरोध भएका कारणले सरकारी अस्पतालहरूले वैद्यखानाबाट औषधि खरिद गर्न पाएनन् ।
समितिको मार्केटिङ शाखाका वरिष्ठ अधिकृत ऋषिराज रेग्मीका अनुसार समितिले आर्थिक वर्ष ०७४/०७५ मा ५ करोड ३४ लाख ५४ हजार बराबरको औषधि बिक्री गरेको थियो, गत आवमा यो आधा घट्यो ।
‘गत आर्थिक वर्ष ०७५/०७६ मा हाम्रो व्यापार आधाभन्दा कम भयो । हामीले जम्मा २ करोड ४८ लाख १२ हजारको औषधि बिक्री गर्यौं,’ अधिकृत रेग्मीले भने ।
व्यापार घट्नुमा यसलाई धरासायी बनाउने षड्यन्त्र नै प्रमुख कारण रहेको कर्मचारीहरूको गुनासो छ ।
आफ्ना नजिकका मानिसहरू वा इच्छाइएका व्यक्ति नियुक्ति गर्ने नाममा वैद्यखानालाई बन्धक बनाएर असफल बनाउन खोजिएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...