×

NMB BANK
NIC ASIA

सागका लागि फेवाताल किनारमा निर्माण गरिँदै बीच भलिबल कोर्ट

कात्तिक ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कास्की – नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आगामी मंसिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष गरेर यहाँ बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीच भलिबलको हाल भइरहेको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ । त्यसैगरी महिला तथा पुरुषको छुट्टाछुट्टै चेञ्जिङ रुम, बत्तीलगायत अन्य पूर्वाधारसमेत निर्माण गरिने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

फेवाताल किनार बाराहीघाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा दुई सातामै आवश्यक सबै पूर्वाधार निर्माण गरी काम शुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताए ।

Vianet communication
Laxmi Bank

सो कार्यका लागि राखेपबाट रु ५२ लाख विनियोजन भएपछि उपभोक्ता समितिमार्फत काम शुरू गरिएको उनको भनाइ थियो ।

नयाँ कोर्ट निर्माणका लागि जमीनको खाल्डाखुल्डी पुर्न करीब पाँच हजार ५०० घनमिटर माटो आवश्यक पर्ने भएकाले आजदेखि पाँच ट्रिपरबाट फेवाताल सफाइअन्तर्गत निकालिएको माटो ओसार्न शुरु गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताए ।

मैदानमा माटो भरेपछि डेढ फिट बालुवा हालेर निर्धारित समयमै मैदान तयार गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

सागका लागि नेपाली राष्ट्रिय भलिबल टोली एक सातापछि बन्द प्रशिक्षणका लागि पोखरा आउने सदस्य गुरुङले जानकारी दिए ।

नेपाली टोलीमा महिला तथा पुरुष चार÷चार गरी आठ जनाको सहभागिता रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x