×

NMB BANK
NIC ASIA

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

कात्तिक ४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भीमदत्तनगर –सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरुको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरिमा जातको धानबाट कैलाली र कञ्चनपुरका किसानहरु समस्यामा परेको भन्दै अहिले प्रदेश सरकारले क्षतिको लगत सङ्कलन गरिरहेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पहिलो चरणमा हामी किसानलाई समस्यामा पार्ने धानको बीउबिजन वितरण गर्ने कम्पनीलाई कारबाही गर्छौं ।' मुख्यमन्त्री भट्टको भनाइ उद्यृत गर्दै कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले भने, 'हामीले पनि  किसानलाई क्षतिपूर्ति माग गरेका छौँ ।'


Advertisment
Nabil box
Kumari

आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ क्षेत्रमा लगाइएको गरिमा धानको स्थलगत अनुगमनपछि प्रदेशसभा सदस्य लालबहादुर खड्का र कुलबीर चौधरीसहित किसानको टोली प्रदेश सरकारमा मागसहित पुगेको टोलीमा सहभागी धनबहादुर कुस्मीले बताए। त्यसैगरी प्रदेशसभा सदस्यहरुको टोलीले उक्त विषयलाई लिएर सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन तथा सहकारीमन्त्री बिनिता चौधरीसित पनि भेट गरेको छ ।

Vianet communication
Laxmi Bank

मन्त्री चौधरीले पनि मन्त्रालय उक्त समस्याप्रति गम्भीर रहेको भन्दै क्षतिको विवरण सङ्कलन गरेर अघि बढ्ने बताएको कुस्मीको भनाइ थियो । 'मन्त्री ज्यूले उक्त गरिमा जातको धानको प्रयोगशाला परीक्षण भइरहेको बताए।' उनले भने, 'मन्त्रालयले पनि विभिन्न विज्ञसहितको टोली स्थलगत अनुगमनमा खटाएको छ ।'

मन्त्री चौधरीले कैलाली र कञ्चनपुरमा उत्पादन भएको खाद्यान्न सात पहाडी जिल्लामा पुर्‍याउन सकिएको बताउँदै धान नफल्दा प्रदेश सरकारलाई पनि घाटा हुने बताए। यस वर्ष कञ्चनपुर र कैलाली गरी ९६८ किसानहरुले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएकोमा अहिलेसम्म बालासमेत आएको छैन् ।

'किसानहरुले धेरै फल्छ भनेर झन् महङ्गोमा बीउ खरिद गरेर गरिमा धान लगाएका रहेछन्,' सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्काले भने, 'धान अहिलेसम्म पसाएको छैन, अरू जातको धान किसानले भित्र्याइसके ।'

यता कृषि ज्ञान केन्द्र कञ्चनपुरले यस वर्ष कञ्चनपुर र कैलालीमा २५ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरेको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए।

गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिक टन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिक टन धान उत्पादन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x