माछापुच्छ्रे बैंकको प्रायोजनमा कर्पोरेट सुपर सीक्सेस 'सीजन ६' आयोजना हुँदै

कात्तिक ६, २०७६

काठमाडौं – माछापुच्छ्रे बैंक लि. को मुख्य प्रायोजनमा कर्पोरेट सुपर सीक्सेस 'सीजन ६' आयोजना हुने भएको छ ।

माछापुच्छ्रे बैंक लि. र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच यस सीजनको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।


ADVERTISEMENT

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात कर्पोरेट सुपर सीक्सेस 'सीजन ६' टुर्नामेन्टको नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सीक्सेस 'सीजन ६' टुर्नामेन्ट राखिएको छ  । 

कात्तिक ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस