×

NMB BANK
NIC ASIA

व्यवसायभित्र अपराध

जनकपुर गोलीकाण्ड : व्यापारिक साझेदारीको सम्बन्ध यसरी हत्यामा पुगेर टुंगियो !

कात्तिक ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – बुधवार बिहान सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१४ प्रगतिनगर मुजेलियामा पंकजकुमार चौधरीले ४० वर्षीय मनोजकुमार साहलाई गोली प्रहार गरी हत्या गरे ।

Muktinath Bank

मृतक साहको जनकपुरधाम–१ वकिल टोलमा घर भइ विगत २० वर्षदेखि सपहीमा शिव आयल पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतक साहका भिनाजु समेत रहेका महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहका अनुसार हत्या गर्ने पंकजले मनोजसँग कारोबार गर्न तथा पेट्रोल डिजलवापत समेत गरेर १७ लाख रुपैयाँ लिएका थिए ।


Advertisment
Nabil box
Kumari

‘मनोजले घरपरिवारमा पंकजसँग १७ लाख रुपैयाँ लिनुछ भनेर भन्ने गरेका थिए,’ मृतकका भिनाजु साहले लोकान्तरसँग भने, ‘त्यसमध्ये पंकजले कति रकम दिएका थिए र बाँकी कति रकम लिनु थियो भन्नेबारे खुल्न सकेको छैन ।’ उनका अनुसार पंकजले मंगलवारसम्म सबै पैसा तिर्ने समय दिएका थिए तर पैसा दिएनन् र बुधवार पैसा तिर्छु भन्ने वाचा गरे । ‘त्यहीँ रकम लिनका लागि मनोज साथी अमितकुमार साहसँगै पंकजको मुजेलियास्थित घर गएका थिए,’ उनले भने ।

Vianet communication
Laxmi Bank

प्रत्यक्षदर्शी अमितकुमार साहले जनकपुरस्थित प्रदेश अस्पतालमा लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘पैसा माग्न गएका हामीबीच शुरूमा केहीबेर कुराकानी र सामान्य विवाद भयो । त्यसपछि घरभित्र घचेटेर लैजान खोज्दा म भागें । मनोज स्वभावले पनि निर्भिक र अडिक भएकाले पंकजले उसलाई २ गोली प्रहार गर्दै छिमेकीको घरतर्फ भाग्यो ।’

साथी मनोज गोली लागेर ढलेपछि अमितले नै प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिए । केही मिनेटभित्रै नजिकैको वडा प्रहरी चौकी मुजेलियाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । लगत्तै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीको टोली समेत पुग्यो । 

‘घटनास्थल पुग्दा मृतकको शरीर नजिकै एउटा होम मेड सेमी अटोमेटिक पेस्तोल समेत राखिएको थियो,’ डीएसपी कार्कीले भने, ‘हामीले पेस्तोल बरामद गर्‍यौं र मृत शरीरलाई प्रहरीकै गाडीमा राखेर प्रदेश अस्पताल जनकपुरमा पठायौं ।’ 

प्रहरी टोलीले गाउँमा चारैतर्फ घेरा हालेर पंकजलाई छिमेकी ब्रह्मदेव यादवको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डीएसपी कार्कीले बताए । ‘ब्रह्मदेव यादवको घरमा पंकजलाई पक्राउ गर्दा पंकजले एउटा झोलामा कटुवा पेस्तोल र १५ राउन्ड गोली समेत बोकेको थियो,’ उनले भने । आरोपी पंकजलाई हतियारसहित पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

मृतक साह ढलेको नजिकै भेटिएको पेस्तोल र पंकजसँग बरामद भएको गोली मिलेको डीएसपी कार्कीले बताए । ‘घटनास्थलबाट बरामद भएको पेस्तोल र पंकजको झोलाबाट बरामद भएको गोली समेत एउटै रहेको पुष्टि समेत भइसकेकाले पंकजले नै गोली प्रहार गरेर मनोजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

घटनास्थलमा भेटिएको पेस्तोल

मृतक मनोज र आरोपी पंकज व्यावसायिक साझेदार समेत रहेको खुलेको डीएसपी कार्कीले बताए । ‘पंकजले अहिले दिएको बयान अनुसार मनोज र पंकज निर्माण व्यवसायमा साझेदार थिए,’ उनले भने, ‘पंकजले आफ्नो ठेक्कामा मनोजलाई पेटी कन्ट्रयाक्टमा ठेक्का समेत दिएको कुरा खुलेको छ ।’

हत्याका अभियुक्त पंकजको घर जनकपुरधाम उपमहानगर–१५ रामपुरमा पर्छ । उनका काका अशोक चौधरी सोही वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष छन् । वडाध्यक्ष चौधरी जिल्ला निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष समेत हुन् ।

अभियुक्त चौधरीले जनकपुर उद्योग वाणिज्य संघमा २०७१ असार ३० गते चौधरी निर्माण सेवा निर्माण कम्पनी दर्ता गराएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताए । ‘हत्या भएका व्यक्ति पनि व्यवसायी हुन् र हत्या गर्ने अभियुक्त पनि व्यवसायी नै भएकाले घटनाले गर्दा व्यवसायमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘दोषी जो कोही भएपनि छोड्नुभएन । कडाभन्दा कडा कारबाही हुनुपर्‍यो, निर्दोष भने फस्नुभएन ।’

मृतक मनोजका बुवा जिबछ साहले हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग गरे । मृतक मनोजका बाल्यकालदेखिका साथी प्रकाश साहले भने, ‘सोच्नै नसकिने घटना भएको छ । मनोज त्यस्तो मान्छे थियो, जसले विभिन्न साथीहरूलाई पैसा उपलब्ध गराएर व्यापारमा स्थापित गर्न मद्दत गर्थ्यो । देख्नमा पनि सुन्दर भएकाले हामी उसलाई अक्षय कुमार भनेर भन्ने गर्थ्यौं ।’ मनोजका बुवा, पत्नी, ३ छोरा र १ छोरी छन् । प्रहरीले अनुसन्धानका लागि प्रत्यक्षदर्शी अमितलाई समेत नियन्त्रणमा लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x