×

NMB BANK
NIC ASIA

अपराध अनुसन्धान

रौतहट नरसंहार : प्रमाण मेटाउने र मुद्दा दबाउने पनि आलमसँगै अनुसन्धानमा तानिँदै

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – रौतहटको राजपुर नगरपालिकास्थित फरहदवामा भएको नरसंहार प्रकरणमा निलम्बित सांसद मोहम्मद अफताब आलमसँगै तत्कालीन अवस्थामा प्रमाण लोप गर्ने प्रहरीदेखि अन्य संगठनका सुरक्षाकर्मी, अनुसन्धानमा संलग्न प्रहरी, मुद्दा दबाउन भूमिका खेल्ने सरकारी वकिल र प्रशासनिक पदाधिकारी अनुसन्धानको दायरामा आउने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले मुद्दा दबाउने, प्रमाण लोप गर्ने अधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने निष्कर्षमा अनुसन्धान पुगेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घटना भएको बेला त्यत्रो जघन्य अपराधलाई दबाउन प्रहरी, प्रशासन समेतको संलग्नता भएको भन्ने कुरा आइरहेको छ,’ जिल्ला न्यायाधीवक्ता कटुवालले लोकान्तरसँग भने, ‘अब त्यस कोणबाट समेत अनुसन्धान अगाडि बढाउने भनेर हामीले निष्कर्ष समेत निकालेका छौं ।’ 


Advertisment
Nabil box
Kumari

तत्कालीन प्रहरी नेतृत्वदेखि सरकारी वकिलसम्मलाई हालसम्म बयानका लागि बोलाइएको छैन तर सबैलाई झिकाएर बयान कागज गर्नुपर्ने तयारी अनुसार अनुसन्धान अधिकारी अगाडि बढिरहेका उनले बताए । आलम पक्राउ परेपछि दोस्रो पटक रौतहट जिल्ला अदालतबाट गरिएको ५ दिनको थुनुवा म्याद शुक्रवार सकिँदैछ ।

Vianet communication
Laxmi Bank

अनुसन्धान नसकिएकाले शुक्रवार फेरि तेस्रो पटक म्याद थपका लागि अदालत जाने तयारी रहेको उनले बताए । ‘घटनाको अनुसन्धान प्रक्रिया अत्यन्तै जटिल प्रकृतिको भएकाले अनुसन्धानको काम बाँकी नै छ,’ कटुवालले भने, ‘फेरि प्रमाण लोप गर्ने वा मुद्दा दबाउने काम गरेका तत्कालीन सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीको समेत अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थप गराउने छौं ।’ 

शुक्रवारपछि थपिएको म्यादभित्र मतियार देखिने सुरक्षाकर्मीको अनुसन्धान सम्पन्न भए एकैसाथ अभियोगपत्र दर्ता गरिने जनाइएको छ । ‘अनुसन्धान पूरा नभए दोस्रो पुरक अभियोगपत्र समेत दर्ता हुनसक्छ,’ कटुवालले भने । पक्राउ परेको मितिले २६ दिनसम्म आरोपीलाई थुनामा राख्न सक्ने व्यवस्था छ ।

२०६४ चैत्र २७ गते नेपाली कांग्रेसका तत्कालीन उम्मेदवार अफताब आलमले बुथ कब्जा गर्ने उद्देश्यले बनाउन लागेको बम विस्फोटन भई घाइते भएका व्यक्तिलाई जिउँदै इँटाभट्टाको चिम्नीमा लगेर खरानी बनाएको पीडित पक्षको किटानी जाहेरीका आधारमा रौतहट प्रहरीले आलमलाई गत असोज २६ गते पक्राउ गरेको थियो ।

घटनामा प्रमाण लोप गर्न र मुद्दा दबाउन तत्कालीन प्रहरी नेतृत्व, सशस्त्र प्रहरी, जिल्ला सरकारी वकिलदेखि महान्यायाधीवक्तासम्म मतियार रहेको आरोप पीडित पक्षले लगाउँदै आएका छन् ।

थपिएको म्यादभित्र के काम गर्‍यो प्रहरीले ?

दोस्रो पटक म्याद थप भएपछि केही साक्षीको बयान कागज सकिएको र घटना सम्बन्धी थप प्रमाण जुटाइएको प्रहरीको दाबी छ । आलमको घरदेखि इँटाभट्टासम्म शव तथा घाइते ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

‘ना१त ६४७२ नम्बरको ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजना अन्तर्गत नै अफतावका भाइ महताव आलमले २०६७ असार २३ गते अर्कालाई बेचिदिएका रहेछन् । ट्रयाक्टर तत्कालीन समयमा आलमका भाइका नाममा थियो । २०५७ जेठ २४ गते महतावकै नाममा ट्रयाक्टर खरिद भएको थियो,’ उनले भने, ‘सोही ट्रयाक्टरमा बम विस्फोटमा परेकाहरूलाई हालेर इँटाभट्टामा लगिएको थियो । पछि जब ट्रयाक्टरबारे हल्ला हुन थाल्यो अनि महताबले अरु मानिसलाई ट्रयाक्टर बेचिदिएका थिए ।’ 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार ट्रयाक्टर रौतहटकै देवाहीगेनाही नगरपालिका–२ करुनीया निवासी उमाशंकर साहको नाममा कायम गरिएको थियो ।

‘पहिलेको वास्तविक नम्बर प्लेट मेटेर साहले प्रयोग गर्दै आएका थिए,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले थपे, ‘गत सोमवार साहकै घरबाट ट्रयाक्टर बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ ।’

साहले ट्रयाक्टर किनेर नम्बर प्लेट मेटेर प्रयोग गर्दै आएका र घटनामा साहको कुनै पनि संलग्नता नदेखिएकाले साहलाई गिरफ्तार नगरिएको कार्कीले बताए ।

पोलिग्राफ जाँच गर्न मानेनन् आलम

पक्राउ परेका आलमले सरकारी वकिल कटुवालको उपस्थितिमा अनुसन्धान अधिकारीलाई दिएको बयानका क्रममा घटना हुँदै नभएको भनेर जवाफ दिएर बच्न खोजेपछि प्रहरीले पोलिग्राफ जाँचका लागि समेत प्रयास गरेको थियो तर आलमले जाँच गर्न मानेनन् । ‘उहाँले यदि सही नै बोलेको हो भने पोलिग्राफ जाँचबाट समेत बोलेको कुरा प्रमाणित हुन सक्थ्यो,’ डीएसपी कार्कीले भने, ‘तर उहाँ पोलिग्राफ जाँच गराउन तयार नै हुनुभएन ।’ 

आलमले पोलिग्राफ जाँच गर्न नमानेको भनेर एउटा कागज समेत गराएर त्यसलाई समेत थप प्रमाणको रुपमा समेत राखिएको सरकारी वकिल कटुवालले बताए । कुनै मानिसले बोलेको कुरा झूटा हो वा सही हो भनेर वैज्ञानिक पद्धतिबाट पोलिग्राफले जाँच गर्छ । त्यसका लागि काठमाडौंबाटै विज्ञ अनुसन्धानकर्मी प्रहरी रौतहटमा झिकाइएको थियो । आलमले पक्राउ पूर्जी, थुनुवा पूर्जी समेत नबुझेको कागज समेत गरिएको छ ।

घटना भएपछि हालसम्म प्रहरी प्रमुखको सूची

राजपुर फरहदवा नरसंहार हुँदा २०६४ सालदेखि हालसम्म जिल्ला प्रहरी प्रमुखको हैसियतमा नेतृत्व गरेका प्रहरी उपरीक्षकको सूची यस्तो छ –

१. लक्ष्मण नेउपाने –  २०६४/०८/१२ देखि २०६५/४/६ सम्म 
२. जयबहादुर चन्द – २०६५/०४/०६ देखि २०६५/०७/२९ सम्म
३. धनानन्द भट्ट – २०६५/०७/२९ देखि २०६६/०८/०३ सम्म 
४. पिताम्बर अधिकारी – २०६६/०८/१९ देखि २०६८/०२/२४ सम्म 
५. घनश्याम अर्याल – २०६८/०२/३१ देखि २०६८/०८/१९ सम्म 
६. ठुले राई – २०६८/०८/१९ देखि २०६९/०६/२५ सम्म 
७. महेशविक्रम शाह – २०६९/०६/२५ देखि २०६९/१०/१७ सम्म 
८. गोविन्दराम परियार – २०६९/१०/१७ देखि २०७०/०९/१७ सम्म 
९. उमेश रंजितकार – २०७०/०९/१७ देखि २०७१/०५/१२ सम्म 
१०. सानुबाबु थपलिया – २०७१/०५/१२ देखि २०७२/०४/१५ सम्म
११. प्रद्युम्नकुमार कार्की – २०७२/०४/१५ देखि २०७२/०८/१२ सम्म 
१२. गणेश रेग्मी – २०७२/०८/१५ देखि २०७३/०८/०९ सम्म 
१३. यज्ञविनोद पोखरेल – २०७३/०८/१६ देखि २०७५/०१/२८ सम्म 
१४.  रविन्द्र केसी – २०७५/०१/३१ देखि ०७५/०३/२६ सम्म
१५. केदार ढकाल – २०७५/०३/२७ देखि २०७५/११/११ सम्म 
१६. भुपेन्द्रबहादुर खत्री – २०७५/११/०८ देखि हालसम्म कार्यरत

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x