तिहारका बेला बढ्यो सुनको मूल्य

कात्तिक ८, २०७६

काठमाडौं – तिहारका बेला नेपाली बजारमा सुनचाँदीको मूल्यवृद्धि भएको छ ।

पछिल्लो २ दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रवार प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।


ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।

बिहीवार छापावाला सुन प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले नै वृद्धि भई प्रतितोला ७० हजार ७०० रुपैयाँ पुगेको छ ।

बिहीवार तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा खरीद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रवार चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भई प्रतितोला ८६० रुपैयाँमा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ । 

कात्तिक ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस