फूटबल प्रतियोगितामा मिलन युवा क्लबको जीत

कात्तिक ११, २०७६

डडेल्धुरा – जिल्लामा आयोजित फूटबल प्रतियोगितामा सहभागी १४ वटा टीमलाई उछिन्दै मिलन युवा क्लबले जीत हात पारेको छ ।

तिहार र छठ पर्वको अवसर पारेर आयोजना गरिएको फूटबल प्रतियोगिता मिलन युवा क्लबले जितेको छ । ४४ हजार ४४४ रुपैयाँ राशिसहित प्रथम पुरस्कार रहेको फुटबल प्रतियोगितामा १४ टीमलाई पछि पार्दै मिलन युवा क्लबले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ ।


ADVERTISEMENT

चौथो संस्करणको दीप ज्योति कप खुल्ला पुरुष फूटबल प्रतियोगिता स्थानीय दीपज्योति युवा क्लबले आयोजना गरेको हो । आइतवार भएको फाइनल खेलमा मिलन युवा क्लबले आयोजक दीप ज्योति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

उपविजेता टीम दीप ज्योति युवा क्लबले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

खेलमा तृतीय भएका जयबाबा घटाल, खलङ्गाले नगद ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा उत्कृष्ट अनुशासन प्रदर्शन गरेर अनुशासित टीम बनेको टीम नेविसंघ (ख) लाई ४ हजार ४४४ प्रदान गरिएको आयोजकले जनाएको छ ।

विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरेको खेल संयोजक दीपक ऐरले जानकारी दिए । हरेक वर्ष जस्तै यसवर्ष पनि दहमा आयोजना हुने प्रतियोगिता यो पटक कात्तिक ६ गतेदेखि सञ्चालन भएको थियो ।

कात्तिक ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस