'माग्नेबुढा'लाई सुपरस्टार भन्दै प्रियंकाले गरिन् 'छ माया छपक्कै'को प्रशंसा

कात्तिक १३, २०७६

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीले फिल्म 'छ माया छपक्कै'को खुलेर प्रशंसा गरेकी छन् । 

कार्कीले केदार घिमिरे 'माग्नेबुढा'लाई उक्त चलचित्रको सुपरस्टार भन्दै दीपकराज गिरीको अभिनयलाई मिठो भनेकी छन् ।  


ADVERTISEMENT

फिल्म कमेडी मात्रै होला भन्ने सोचे पनि त्यसमा उठाइएका विषयवस्तु गम्भीर र कलात्मक लागेको उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् । 

'छ माया छपक्कै मलाई एक्दमै मन पर्‍यो । यस चलचित्रले उठाएको विषय, कलात्मक प्रस्तुति, कलाकारहरूको अब्बल अभिनयले मन छुन्छ,' उनले लेखेकी छन्, 'एकदमै कमेडी मात्र होला भन्ने सोच थियो, कथा वस्तु गम्भीर पाएँ, अहिलेको समयमा चाहिने पाएँ । यही टीमको पछिल्लो केही फिलिमहरू भन्दा संवाद र कमेडी टाइमिङ् यो चलचित्रमा बलियो पाएँ ।
दिपक दाइको अभिनय मिठो लाग्यो (subtle performance), केकी सधै झैं उत्कृष्ट र माग्ने दाइ त यो चलचित्रका सुपरस्टार ।'

तस्वीर : प्रियंका कार्कीको फेसबूक वालबाट 

कात्तिक १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस