×

NMB BANK
NIC ASIA

कर्णालीमा बढ्दै चुनावी सरगर्मी, उम्मेदवार छान्न अझै सकस

कात्तिक १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशका हिमाली एक जिल्ला र पहाडी एक जिल्लामा कात्तिकको चिसो सिरेटोसँगै चुनावी सरगर्मी बढेको छ ।

Muktinath Bank

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा होमिएका छन् । हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटनामा मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

खार्पुनाथका पाँचवटा मतदान केन्द्रमा उपाध्यक्ष पदका लागि मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदीश शाहीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘खार्पुनाथ गाउँपालिकामा ३२ सय ८७ मतदाता छन् । मृतक शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले एक हजार १८ मत ल्याउँदा उनकी प्रतिद्वन्दी नेकपा एमालेकी रूपा शाहीले आठ सय ३६ मत ल्याएकी थिइन्,’ उनले भने, ‘यहाँका पाँच मतदानस्थलमा मतदान हुनेछ ।’

सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यहाँ वडाध्यक्षको पद रिक्त थियो ।

उनी तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए । यहाँ एक मतदानस्थल रहेको सल्यानका जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए ।

यहाँ उपनिर्वाचनका लागि ३३ सय ८७ मतदाता सहभागी हुन पाउनेछन् । तत्कालीन वडाध्यक्षले सात सय ८८ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिद्वन्दी तत्कालीन नेकपा एमालेका अमृतबहादुर शाहले दुई सय २९ मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहराले एक सय ८० मत पाएका थिए ।

उम्मेदवार छान्न सकस

दुई जिल्लाका दुवैवटा स्थानीय तहमा उम्मेदवार छान्नुपर्ने भएपनि नेकपा र काँग्रेसलाइ उम्मेदवार छान्न सकस परेको छ । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि कांग्रेसबाट पाँचजना आकांक्षी देखिएका छन् ।

प्रत्येक वडाबाट उम्मेदवारको सिफारिस मागिएको हुम्लाका पार्टी सभापति जयपति रोकायाले जनाए ।

उता नेकपा पनि उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा रहेको नेकपाका जिल्ला अध्यक्ष लालकेस जैसीले जनाए । सल्यानमा पनि दलहरूले उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । तर चुनावी कार्यक्रम भने सञ्चालन गरिरहेका छन् ।

‘सीमित पदका लागि मात्रै चुनाव भएको र चुनावमा स्थानीय कार्यकर्ताको आकर्षण बढेका कारण उम्मेदवार बन्न चाहनेको नाम टुंग्याउन सकिएको छैन,’ नेकपाका हुम्लाका एक नेताले भने, ‘अबको केही दिनमा टुंगो लाग्छ होला ।’

यता दुवै दलले आफ्नो दलको जित सुनिश्चित रहेको दाबी गर्दै आइरहेका छन् । हुम्लामा पहिले काँग्रेसले जितेको र अहिले पनि आफुले जित्ने दाबी गरिरहेका बेला नेकपाले भने दुवै दल एक भइसकेका कारण जित आफ्नो निश्चित भएको दाबी गर्दै आइरहेको छ ।

सल्यानमा पूर्व माओवादी पहिलो, नेकपा दोश्रो र नेपाली काँग्रेस तेश्रो स्थानमा भएको जिल्ला नेतृत्व दाबी गर्दै आइरहेको छ ।  विगतको मत परिणाम हेर्दा नेकपाको दाबीलाई नकार्न नसकिने उनीहरुको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x