कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
बुटवल –हिमाल आरोहण गर्न आँट, साहस र हिम्मत चाहिन्छ ।
नेपालको पहिलो सगरमाथा आरोही पासाङ ल्यामु शेर्पा विश्वको सर्वोच्च शिखर चढ्दा कपिलवस्तुकी कुमारी ज्ञानमाला रन्पाललाई पनि हिमाल चढने मोह थियो ।
साहसी र हक्की स्वभावकी उनलाई घरको पारिवारिक अवस्थाका कारण युवा अवस्थामा त्यो सोच पूरा गर्न सकिनन् । आर्थिक अवस्था घरको कमजोर नैं थियो । २०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।
बुटवलमा प्रहरीमा जागिर खुलेको कसैले उनलाई सुनाए । उनी बुटवल आइन् । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भर्तीको लागि प्रतिष्पर्धा गरिन् । उत्तीर्ण पनि भइन् । मुलुक द्वन्द्वमा थियो । चार वर्ष प्रहरीमा जागिर पनि गरिन् । त्यसपछि २०६० सालमा उनी प्रहरीको जागिर छाडेर बसिन् । सरकारी जागिर छाडेर सगरमाथा चढछु भन्दा उनलाई सबैले गाली गरे । त्यसलाई उनले नजरअन्दाज गरिन् ।
घरको आर्थिक अवस्थाले गर्दा पैसा पनि थिएन । त्यसपछि उनी इजरायल गइन् । त्यहाँ ९ वर्ष बिताइन् । उनले विदेश बस्दा कमाएको केही रकमले बुटवल र नवलपरासीको सुनवलमा केही धुर जग्गा पनि किनिन् । त्यसपछि उनी घर आइन् । बाबासँग सल्लाह गरिन् । म सगरमाथा चढेरै छाड्छु भनिन् । त्यो बाटो मृत्युको हो नजाउ भनेर धेरैले भने, उनले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने हिम्मत गरिन् ।
उनलाई बाबाले भने हौसला दिए । तिमी सगरमाथा चढ भने ।
बाबाको साथ र हौसला पनि उनले बुटवल र सुनवलमा जुगाड गरेको जग्गा ४५ लाख रुपैयाँमा विक्री गरिन् । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ गोरूसिंगेकी ज्ञानमालाले २०७६ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । त्यो पनि पहिलो प्रयासमै । जेठ ९ गते बिहान १० बजेर १० मिनेट जाँदा उनको पाइला सगरमाथाको टुप्पोमा अडियो ।
उनले भनिन, ‘मैले सानैमा लिएको लक्ष्य पूरा गर्दा संसार जितेजस्तो लाग्यो । मैले सगरमाथा चढनको लागि झण्डै ४५ लाख रुपैयाँ खर्च गरे । म सँग पैसा भएर होइन । कमाएको सबै पैसा सके । आत्मसन्तुष्टिको लागि मैले हिमाल चढेको हुँ । त्यो पूरा गरे यसैमा म पूर्ण रुपमा सन्तुष्ट छु ।’
४५ वर्षिया ज्ञानमालाले भनिन्, ‘मैले कमाएको सबै पैसा सके । तर, मेलै जुन लक्ष्य सानैमा लिए । त्यो पूरा गरेरै छाडे । लक्ष्य लिएपछि मानिस त्यसमा निरन्तर लागेमा पूरा गर्न सकिन्छ भन्ने मैले पाठ पनि सिके ।’ ‘कोही १० वर्ष प्रयास गर्दा पनि सगरमाथाको शिखरमा पुग्न सकेका छैनन । तर म पहिलो प्रयासमै पुगे’ रन्पालले भनिन् ।
उनले हिमाल चढनको लागि १० लाख रुपैयाँको त कपडा मात्र किन्नुपरेको सुनाइन । त्यस्तै गाइडलाई सात लाख रुपैयाँ बुझाउनुपर्ने रहेछ । राज्यलाई ७५ हजार रुपैयाँ । उनले थपिन, ‘म प्रदेश नम्बर पाँचको पहिलो सगरमाथा आरोही हुँ भन्ने मेरो दावी छ । यस प्रदेशबाट अन्य कोही महिलाहरु सगमाथा चढेका छैनन् ।’
अहिलेसम्म सगरमाथा चढने महिलाहरु ४ सय भन्दा बढी पुगेका छन । २ वटा हिमालको सफल आरोहणपछि उनलाई लाग्यो साहसले काम गरेपछि सफलता अवश्य मिल्छ ।
उनले सगरमाथाको चुचुरोमा एक घण्टा बिताइन् । अनि त्यहाँ बाबाको फोटो फरफराइन् । बाबाको हौसला र साथले उनी सर्वोच्च शिखर पुगेकी थिइन् । ज्ञानमाला सगरमाथा चढनु अगाडि अन्य छ हजार मिटरका दुई वटा हिमाल आरोहण गरेकी थिइन् ।
उनीसँगै अन्य तीन जना चिनियाँहरु पनि सकुसल सगरमाथा चढे । सगरमाथा त चढिन ज्ञानमाला झर्ने कसरी भन्ने उनलाई सताउन थाल्यो । माइनस ४५ डिग्री तापक्रम । जाँदा राम्रो रहेको मौसम थोरै परिवर्तन भयो । बरफ झर्न थाल्यो । हावाको बेगले हिंड्न गाह्रो भइरहेको थियो । हिँउ र बरफ खसेपछि बाटो ढाकिँदै गयो । अन्दाजमा हिड्नुपर्ने बाध्यता भयो । गाइड विजयको सहयोगमा उनीहरु साँझको ६ बजे चौथो क्याम्पसम्म आइपुगे ।
राति ज्ञानमालाको आँखा दुख्न थाल्यो । आँखाले हेर्नै मिलेन । उनका गाइड विजयलाई अघिपछि पनि गइरहेको भएर उनको समस्याबारे थाहा भयो । उनलाई २४ घण्टासम्म आंखा नदेख्ने समस्या भएछ । बरफ र हिँउले आँखामा गरेको असरले रनपाललाई हेर्न नमिल्ने भयो । उनले काठमाडौं गएर उपचार गरेपछि उनको आँखा विस्तारै ठीक हुँदै गयो ।
अविवाहित ज्ञानमालाले विवाह गर्ने मन भए पनि फुर्सद नभएको हसिलो जवाफ दिइन् । उनी भन्छिन्, ‘अब म ट्रेकिङ गर्ने सोचमा छु ।’ हिमाली क्षेत्रमा पर्यटकहरुको गाडस गर्ने मनस्थिति रहेको बताइन् । आँट र साहस लिएर हिमाल चढे अन्य नेपाली महिलाहरु पनि हिमाल चढन सक्छन । असम्भव भन्ने केही छैन । उनले सुनाइन् ।
नेपाली अन्य धेरै महिलाहरु पनि सगरमाथा चढेका छन् । राज्यले नेपाली महिलाहरुलाई हिमाल चढदा सहुलियत दिनुपर्ने रन्पालको भनाइ छ । उनलाई राज्यबाट कुनै छुट नभएको पनि गुनासो गरिन् । नेपालीहरुलाई आफ्नै देशको शिखरमा पुग्दा केही भए पनि छुट दिनुपर्छ । सगरमाथा चढेपछि उनलाई गाउँमा बधाई र सम्मान दिने बढेका छन् । छोरी भएर पनि ज्ञानमाला जस्तो हुनुपर्छ भन्ने पनि थपिएका छन् ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...