११ वर्षीया बालिकालाई वलात्कार अभियोगमा एकजना पक्राउ

कात्तिक १७, २०७६

भक्तपुर । एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन् । 

प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई आजै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए । उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताए । 


ADVERTISEMENT

कात्तिक १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार