राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा, वित्तीय अनियमितताको आरोप

कात्तिक १८, २०७६

काठमाडौं –वित्तीय अनियमितताको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेपश्चात उनी निलम्बनमा परेका हुन् । 

सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको राष्ट्र बैंक स्रोतले बतायो ।


ADVERTISEMENT

डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ । यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ । 

कात्तिक १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस