कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
पहिलो कुरा त, प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । गल्दै गएको बिरामी चेहरामा जुन चमक देखिएको छ अनि उनमा जुन प्रकारको अदम्य साहस र उच्च मनोबल देखिएको छ, त्यसको म सम्मान गर्छु । हरेक बिरामीले रोगसँग लड्न सक्ने प्रम ओलीको क्षमताबाट पाठ सिक्न जरूरी छ । छाती चसक्क दुख्दा मर्छु कि क्या हो भनेर उफ्रिनेहरूलाई के थाहा दुवै मिर्गौलाले काम नगर्दाको पीडा । तर सार्वजनिक रूपमा देख्दा प्रम ओलीको मुहारमा अहिलेसम्म पीडाको भाव झल्किएको देखिन्न । अब भित्रभित्रै सिरक ओढेर रुन्छन् भने त भगवान जानून् ।
दोस्रो कुरा, प्रम ओलीले आफ्नो पद त्यागेर अस्पतालमा सुतेर बसून् भन्नका पीरले लेखिएको आलेख हैन यो । हिउँ आएको, निहुँ पाएको जस्तो पापी मन पाल्नुहुँदैन । जुन जोगी आए पनि कानै चिरिएको भने जस्तो ओलीको पनि कान त चिरिएकै हो तर यसको बदलाभाव बिरामी समयमा लिनुहुँदैन । जुनसुकै दर्शनले पनि बिरामी र घाइतेमाथि दया देखाउन भन्छ ।
अब लागौं गुदी कुरातर्फ ।
केही समयअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सिंगापुरमा उपचार गर्न गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै भनेका थिए– ‘मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौ ? बा, धपेडी नगर्नुहोस् । बा, आराम गर्नुहोस् । बा, विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौं । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौं ?’
हो, बा बिरामी हुनुहुन्छ । तर यहाँ सार्वजनिक रूपमा आराम गर्नुहोस् भनेर नेकपाका नेता कार्यकर्ताहरूले कसैले भन्न सकेका छैनन् । बरू हैन, हैन केही पनि भएको छैन, तपार्इंको खाँचो देशलाई छ भनेर उक्साउने गरेका छन् । तिनको आफ्नै स्वार्थ होला, तिनको आफ्नै संकीर्णता होला, बालुवाटारको कोटरीबाट फत्ते गर्नुपर्ने रहलपहल कामको अन्तिम किस्ता होला, गुटबन्दीको कुरा होला । तर के कुनै एक व्यक्तिको गम्भीर स्वास्थ्यस्थितिसँग राजनीति घुसाउन मिल्छ ? ‘किड्नी फेलियर’ भएका प्रधानमन्त्रीलाई ओलम्पिक फुटबल खेल्न सक्नुहुन्छ भन्न मिल्छ ? यसो हुँदा ओलीलाई कामको धपेडीका कारण केही भइहाल्यो भने यसको मुख्य दोष कोटरीका बालुवाटारका स्वघोषित वाल्मीकिहरूलाई जानेछ, सबै जानेका चाणक्यहरूलाई जानेछ ।
ओलीले आराम गर्नुपर्छ भन्नेहरू सौतेनी आमाको सन्तान जस्तो हेलाहोचो हुनुपरे पनि हालसालै ओलीका एकजना पुराना मित्र राजनीतिकर्मी राधाकृष्ण मैनालीले प्रमको स्वास्थ्य अवस्थाउपर एक अन्लाइन पत्रिकामा लेख लेख्दै भनेका छन्न्, ‘प्रधानमन्त्री ओलीले कसैको सल्लाह सुन्नुहुन्न । उहाँका कार्यकारी सल्लाहकारहरूका सल्लाह समेत सुन्नुहुन्न । तैपनि सार्वजनिक रूपले भन्दा मेरो पनि शुभेच्छा के छ भने अरू धेरै मान्छेहरूले चाहेजस्तै उहाँको जीवन लामो होस् । जेलमा रहँदाको बिरामी अवस्था र अहिलेको अवस्थामा फरक छ । उमेरको मान्छेलाई आत्मबल र दबाइले थेग्यो । अब अहिले आत्मबल छ, दबाइले काम गर्दैन, शरीरले काम गर्दैन । हिजो गोलघरको अवस्थामा त म बाँचें, अब किन बाच्दिनँ भन्ने तर्कले अब काम गर्दैन । किड्नी फेरेकै १२ वर्ष भइसक्यो । शरीरमा शिथिलता भएको छ । यस्तो अवस्थामा मनोबल मात्रै उच्च भएर सबै थोक पुग्दैन ।’
यसरी प्रधानमन्त्रीलाई अब आराम गर्नुहोस् भन्नेहरू धेरै नै छन् । पार्टीभित्र र बाहिर पनि ओली अब आराम गरेको देख्न चाहनेहरू कैयौं छन् । हुन पनि रोगी बाउलाई हलो जोत्न खेतमा पठाउने कुरा हुँदैनथ्यो पहिले पनि । तर बालुवाटारमा रहेका ओलीका कैयौं सहयोगी र सल्लाहकारहरूले ओलीलाई खासै केही नभएको, सामान्य फलोअपका लागि गएको जस्ता तर्क गर्ने गरेका छन् । यसलाई कतिपयले सूचना लुकाएको भन्ने आरोप लगाएका छन ।
मिडियाकर्मीहरूबीचमा जुहारी पनि देखिएको छ । लोकान्तरका पत्रकार जी भट्टले वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको दफा ३, उपदफा ५ मा ‘सम्बन्धित व्यक्तिको मञ्जुरी भएको विषय भएमा’ ‘व्यक्तिको शारीरिक र मानसिक अवस्थाको गोपनीयता खुलासा गर्न सकिने’ व्यवस्था छ भन्ने प्रश्न तेर्स्याउँदै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी व्यक्तिगत गोपनीयता भनेर लुकाउन मिल्छ भनेर फेसबूकमा स्टाटस लेख्दै सम्बन्धित निकायलाई हकारेका छन् । तर प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले ‘सूचना दिएन भन्दै गुनासो पोख्नेभन्दा आकाशपाताल गरेर भएपनि सूचना खोज्ने काम हुनुपर्ने हो जस्तो लाग्छ हामी पत्रकारको धर्म’ भन्दै ‘गोताखोरहरूले समुद्रको गहिराइमा पुगेर पनि सूचना संकलन गरी आफ्ना सञ्चारमाध्यममार्फत पाठकमाझ मोतीरूपी समाचार पस्किनुपर्ने’ धारणा राखेका थिए । उनको तर्क थियो– समाचार भनेको दशैंको खसी जसरी भाग लगाएर दिने जिनिस हैन ।
खैर, प्रसंग बटारिन लागे जस्तो लाग्यो । अब प्रमुख मुद्दामा आऊँ । आराम गर्नुपर्ने प्रम ओलीले कैयौं सुझावहरू नमानेर निकै चमत्कारपूर्ण काम केही गर्छु भने जसरी अगाडि बढेको देखिन्छ । होला उनका कतिपय विरोधीहरूले उनलाई प्रधानमन्त्रीका रूपमा देख्न नचाहेका कारण आराम गर्नुहोस् भन्ने सुझाव दिएका होलान् । गगन थापाको सल्लाहलाई पूर्वाग्रही रूपमा लिनेहरू पनि धेरै नै थिए । तर के ओलीलाई आरामको आवश्यकता छैन त ? पक्कै पनि छ । डाक्टरहरूले समेत पटकपटक भन्दै आएको कुरा हो यो । अस्वस्थताका कारण विभिन्न सार्वजनिक कार्यक्रममा देखिने ओलीको हाउभाउले पनि ओलीलाई आरामकै आवश्यकता छ भन्ने हो ।
तर ओलीले आफूलाई आराम दिन चाहेका छैनन् । उनमा केही कुराको गहिरो भ्रम छ । उनलाई प्रधानमन्त्रीको रूपमा देख्न नचाहनेहरू पार्टीभित्र र बाहिर कैयौंजना होलान् । आराम गर्नुहोस् बा, भन्ने भन्दा गगन थापाको पनि आलोचना भएकै हो । तर ओलीलाई आरामको आवश्यकता छ, धपेडी हैन । तर ओलीको दैनिकी डायलसिसपछि झन् चर्को भएर आएको छ । हिजो आइतवार बिहान नियमित मन्त्रिपरिषद्को बैठक बस्यो । निर्णय गर्नपर्ने अन्य विषय पनि भएका कारण फेरि आइतवार अपराह्न ५ बजे सचिवालय बैठक बोलाइएको थियो । बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक साढे ६ बजेका लागि सारेर ५ बजेबाट नेकपाको सचिवालय बैठक बोलाइयो ।
बैठकमा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवारहरूको टुंगो लगाउने कार्यसूची थियो । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्यो । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटायो । बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक साढे ६ बजेका लागि सारेर ५ बजेबाट नेकपाको सचिवालय बैठक बोलाइयो । बैठकमा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवारहरूको टुंगो लगाउने कार्यसूचीबारे छलफल भयो । यो सबै काम आइतवार नै भयो । यति मात्र भएन, ओलीले आफ्नो मिर्गौलाको डायलसिस पनि आइतवार नै गरेको बताइयो ।
प्रधानमन्त्री ओलाको यस्तो व्यस्तता देखेर फेसबूक प्रयोगकर्ता हरि पन्थीले आइतवार साँझ फेसबूकमा स्टाटस लेखेका थिए, ‘प्रधानमन्त्री बिरामी छन्, कमजोर छन्, सक्दैनन् भन्नेलाई प्रधानमन्त्रीको जवाफ, सातजनालाई एकैपटक एकै झड्कामा गलहत्याएर तागत देखाए ।’
त्यस्तै अर्का फेसबूक प्रयोगकर्ता तथा पत्रकार अनिल गिरीले फेसबूकमै स्टाटस लेखेका थिए, ‘पीएमज्यूको दोस्रो किड्नी ट्रान्सप्लान्ट अगावै मन्त्रिपरिषदमा फेरबदल, राजदूतदेखि संवैधानिक अंगमा नियुक्ति, नयाँ मुख्यसचिव बनाउनेदेखिका सबै नियुक्ति, बढुवा, सरूवा जस्ता काम सकेर ५/६ महिना आनन्दले सिरक ओडेर सुत्ने छाँट देखियो ।’
हुन पनि कुरा सत्य नै हो । यसरी देशको कार्यकारी प्रधानमन्त्री गम्भीर बिरामी परेपछि धेरैले अब प्रधानमन्त्रीले आराम गर्नुपर्ने धाराणा राखेका छन् । सचिवालय बैठकमा पनि धेरैले केही महिना आराम गर्नुहोस् भनेर सुझाव दिने काम भएको सहभागी बताउँछन् । बैठकमा एक सचिवालय सदस्यले भनेका थिए– प्रमज्यू, तपाईं लामो बाँच्नुभयो भने देशकै लागि हितकर हु्न्छ, धेरै सपना पूरा गर्नुछ । अब उपचारमा ध्यान पो दिने कि भनेका थिए । तर उनको सल्लाह सुनेर ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्, बरू गर्नुपर्ने काम धेरै छ भन्दै कामको लिस्ट पढेर सुनाएका थिए । आर्मीले फास्ट ट्रयाकको काम कति पूरा गर्यो भनेर सोधेका थिए ।
लेखक खगेन्द्र संग्रौलाले ट्विटरमा लेखेका थिए, ‘प्रम ओली सरले कटु सत्य बोले– मृगौला थाक्यो, अब कि नित्य डाइलाइसिस कि पुनः प्रत्यारोपण । तसर्थ अब शासनको घाँडो बिसाएर विश्राम लिनु बुद्धिमानी हो, मान्यवर । फुर्सदमा कवि झलनाथ वा गीतकार वामदेवले झैं कविता वा गीत रचे भएकै छ । सिर्जनशील व्यक्तिलाई सार्थक बसिबियाँलोको के दुःख !’
ओलीले आराम गर्नुपर्दैन भन्नेहरू पनि हजारौं छन् । तिनले किन त्यस्तो भन्छन्, बुझिनसक्नु छ । यसरी आराम गर्न सुझाव दिनेहरूलाई प्रम ओलीको काउन्टर अट्याक भइरहेको छ । त्यो निकै रोचक छ ।
ओली अचानक ग्रान्डी गएपछि के भयो, कसो भयो भन्ने धेरैलाई लाग्यो । क्रिटिकल केही भयो कि भन्ने पनि भयो । सूचनाहरू लुकाउने आरोप पनि यही बेला लाग्यो सरकारलाई । पहिलो कुरा त, अचानक अस्पताल किन गएको हो भन्ने नै रहस्यपूर्ण थियो । सल्लाहकारहरू भन्दैथिए, नियमित जाँच हो । तर के नियमित जाँचको अवधि त्यति लामो हुन्थ्यो ? त्यो विश्वासयोग्य कुरा थिएन । तर हरेक अन्योलको क्रमभंग प्रचण्डले नै गर्नुपर्ने, ओली भेट्न अस्पताल पुगेर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलसिस गरिएको कुरा पहिलोपटक पुष्टि भयो, नत्र त ओलीका निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको थियो ।
के यस्तो दाबीले कुनै रोगी मान्छे निरोगी भइहाल्छ र ? तर ग्रान्डी अस्पतालमा बुधवार र बिहीवार गरेर दुईपटक मिर्गौलाको डायलसिस गराएका अनि डिस्चार्ज भई आफै हिँडेर ओली हँसिलो मुद्रामा अस्पतालबाट बाहिर निस्किएका थिए । दुवै हात फिँजाएर ‘म ठीकै छु, एभ्रिथिङ इज ओके’को संकेत दिएका थिए । त्यसपछि ओली सीधै सरकारी निवास बालुवाटार गएका थिए ।
शनिवार बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले शनिवार र आइतवारमा एकपटक डायलसिस गर्नुपर्ने जानकारी गराएका थिए । र तेस्रोपटक डायलसिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका थिए । यसको अर्थ हुन्छ, १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अब काम गर्न छाड्यो । तर पनि ओलीको मुहारमा चमक नै थियो ।
जानकारहरूका अनुसार, प्रेड्निसोलोन, साइक्लोस्पोरिन, माइकोफिनोलेट मोफेटिल, अजोरन, ट्याक्रोलिमस र सिरोलिमस मिर्गौला प्रत्यारोपणपछि प्रयोग हुने औषधि हुन् । प्रत्यारोपणपछि खाने औषधिले मानिसलाई उत्तेजित बनाउने गर्छ । मानिस छिनमै रिसाउने, छिनमै खुशी हुने र यस्तै बेला अप्रिय निर्णय गर्ने लगायतका साइड इफेक्ट पनि औषधिले गर्छ । ओलीमा पनि यस्तो स्वभाव देखिँदै आएको छ ।
‘आराम गर’ भन्ने सल्लाहलाई उनले लामो समयदेखि मानिरहेका छैनन् । आफ्नो रोगसँग लड्नका लागि र विकल्पका रूपमा फेरि मिर्गौला प्रत्यारोपणकै लागि किन नहोस्, आराम गर्छु नै भन्ने हो भने ओलीसँग हजारौं विकल्प छन् ।
बिरामी भएका कारण संसारमा धेरै शक्तिशाली पदमा बसेका मानिसहरूले पदबाट राजीनामा दिने गरेका छन् । तर सत्तामा यसरी नै घिसेपिटे बसिरहने हो अनि जेनतेन सरकार छ भन्ने सन्देश मात्र दिने हो भने त बेग्लै कुरा हो । सुखी नेपाली, समृद्ध नेपाल’को नारा स्थापित गरेर ओलीले आराम गर्दा उनको हाइट झन् बढ्छ । नसकी नसकी पद ओगट्दा उनलाई पदको लोभी भनेर दुत्कार्ने मान्छेहरूको संख्या बढ्छ ।
आफ्नो रोगले निम्त्याएको समस्या ओलीलाई थाहा नभएको पनि हैन । अब नियमित डायलसिस र फेरि मिर्गौला प्रत्यारोपण अन्तिम विकल्प हो । यसका लागि समय र तनावरहित दिमाग आवश्यक पर्छ । मिर्गौलाको सफल प्रत्यारोपणपछिको यसको सर्भाइभल रेट धेरैमा १५ वर्ष भएको जानकारहरू बताउँछन् । तर प्रत्यारोपण गरेको पाँच वर्षभित्रको सर्भाइभल रेट ९५ प्रतिशतभन्दा बढी छ ।
त्यसपश्चात् गर्नुपर्ने डायलासिस हो वा पुनः प्रत्यारोपण । बेलायतको किड्नी फाउन्डेसनले मिर्गौलाको प्रत्यारोपणपछि मानिस लामो समय बाँच्न नसक्ने जनाएको छ । मरेको मानिसको मिर्गौला लिएको छ भने प्रत्यारोपणपछि सरदर १२ वर्ष र जीवित मानिसको मिर्गौला लिएको छ भने १५ वर्षको अनुपातमा बाँच्न सक्ने लेखेको छ । यो अध्ययन सत्य हो भने प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौला सर्भाइभल रेटको आयुभित्र नरहन सक्छ ।
प्रत्यारोपण गरेको १० वर्षपछि १० जनामध्ये पाँचजनाको बाँच्ने सम्भावना ५० प्रतिशत भएको बेलायती किड्नी फाउन्डेसनको खोज छ तर अमेरिकामा प्रत्यारोपणपछिको सर्भाइभल रेट हेर्दा ८३ देखि ९४ प्रतिशतसम्म देखिन्छ ।
यसो हुँदा प्रम ओलीज्यूले आराम गर्दै हितकर होला । आगे हजुरको मर्जी !
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...