गुञ्जिदैंछ सातै प्रदेश साँगीतिक रंगहरूले

कात्तिक १८, २०७६

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहँदै आएको टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरन्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् ।

सप्तरङ्गको पहिलो श्रृंखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । 


ADVERTISEMENT

कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन् ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पुर्‍याउने अपेक्षा पनि गरिएको छ ।
 

कात्तिक १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस