९ सय पेजभन्दा ठूलो मिसिल फोटोकपी गर्न समय लाग्दा आलमको बयान शुरू हुन सकेन

कात्तिक १९, २०७६

काठमाडौं – बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद आफ्ताब आलमको बयान शुरू हुन ढिलाइ भएको छ ।

बयानका लागि आलमलाई जिल्ला अदालत रौतहटमा पेश गरिएपनि आलमका वकिलहरूले मुद्दाको मिसिलको फोटोकपी मागेपछि बयान शुरू गर्न नसकिएको अदालत स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

'प्रतिवादीका वकिलहरूले मिसिलको फोटोकपी मागेपछि बयान शुरू गर्न ढिलाइ भएको छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'ठूलो फाइल भएकाले फोटोकपी गर्न समय लाग्ने भयो ।'

स्रोतका अनुसार आलमसम्बन्धी मुद्दाको मिसिल ९ सय पेजभन्दा माथिको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले जन्मकैदको माग गर्दै आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको छ ।

कात्तिक १९, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार